कैलालीको नदी कटान र डुबान समास्या समाधान गर्छु– डा आरजु



हाम्रो इकोनोमि

कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं काँग्रेस नेत्री डा आरजु राणा देउवाले कैलालीको नदी कटान र डुबान समस्याको दीर्घकालीन समाधानका लागि लागिपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलाली शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेत्री राणाले यहाँका विकासका चुनौती र सम्भावना बुझेर नै आफू चुनावी मैदानमा होमिएको बताउनुभयो ।

कैलालीमा ऐलानी पर्ती जग्गामा दशकौंदेखि बसेका जनताले पूर्जा नपाएको उल्लेख गर्दै उहाँले भन्नुभयो,–“गौरीफण्टा नाकाको स्तरबृद्धि, महिला सशक्तिकरण, सांस्कृतिक संग्रहलाय निर्माण, स्तरीय सडक विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलगायतका काम गर्नेछु ।”

विगतका विकास र निर्माणका कामलाई तीव्ररूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै नेत्री राणाले आगामी निर्वाचन लोकतन्त्र र साम्यवादबीचको जनमतसंग्रह भएकाले मतदातासंग लोकतन्त्रको संस्थागत विकासका लागि भोट हाल्न आग्रह गर्नुभयो ।

उहाँले कैलालीमा कृषि क्षेत्रको आधुनिक र व्यावसायिकताका लागि रासायनिक मल कारखाना स्थापना गर्ने घोषणा गर्दै गदरियामा कृषि क्याम्पस स्थापना गर्न पहल गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफ्नै पहलमा सेती अञ्चल अस्पताललाई ३०० श्ययाको बनाइ स्तरोन्नती गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...