कैलालीको नदी कटान र डुबान समास्या समाधान गर्छु– डा आरजु



हाम्रो इकोनोमि

कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं काँग्रेस नेत्री डा आरजु राणा देउवाले कैलालीको नदी कटान र डुबान समस्याको दीर्घकालीन समाधानका लागि लागिपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलाली शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेत्री राणाले यहाँका विकासका चुनौती र सम्भावना बुझेर नै आफू चुनावी मैदानमा होमिएको बताउनुभयो ।

कैलालीमा ऐलानी पर्ती जग्गामा दशकौंदेखि बसेका जनताले पूर्जा नपाएको उल्लेख गर्दै उहाँले भन्नुभयो,–“गौरीफण्टा नाकाको स्तरबृद्धि, महिला सशक्तिकरण, सांस्कृतिक संग्रहलाय निर्माण, स्तरीय सडक विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलगायतका काम गर्नेछु ।”

विगतका विकास र निर्माणका कामलाई तीव्ररूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै नेत्री राणाले आगामी निर्वाचन लोकतन्त्र र साम्यवादबीचको जनमतसंग्रह भएकाले मतदातासंग लोकतन्त्रको संस्थागत विकासका लागि भोट हाल्न आग्रह गर्नुभयो ।

उहाँले कैलालीमा कृषि क्षेत्रको आधुनिक र व्यावसायिकताका लागि रासायनिक मल कारखाना स्थापना गर्ने घोषणा गर्दै गदरियामा कृषि क्याम्पस स्थापना गर्न पहल गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफ्नै पहलमा सेती अञ्चल अस्पताललाई ३०० श्ययाको बनाइ स्तरोन्नती गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...