उम्मेदवार सहित २ दर्जन कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

आशन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार एवं मुस्कान पार्टीका अध्यक्ष मुस्कान पौडेल नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

बूढानीलकण्ठ नगरपालिकाको आकासेधारास्थित खेल मैदानमा आयोजित चुनावी सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पौडेललाई पार्टी प्रवेश गराउनुभएको हो । पौडेलले प्रतिनिधिसभाका उम्मेदवार डा राजन भट्टराईलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ ।

कार्यक्रममा राप्रपाका पूर्व नेता एवं नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रवीन्द्र खड्का र राप्रपाका पूर्व केन्द्रीय सदस्य विष्णु शिवाकोटी पनि एमालेमा प्रवेश गर्नुभयो ।

नेपाली काँग्रेसका शम्भू डंगोल, कलाकार जय श्रेष्ठ, दिनेश श्रेष्ठ, रोशन श्रेष्ठ, हरि उदासी, कुमार बोगटी, कमला रेग्मी, रश्ना पौडेल, सविना भट्टराई, नमराज श्रेष्ठ, नारायण घिमिरे, श्याम कोजू श्रेष्ठ, वसन्त सुनुवार, बलराम श्रेष्ठ र उद्धव खनाललगायतलाई पनि अध्यक्ष ओलीले पार्टीमा प्रवेश गराउनुभयो ।

खड्काले उहाँले काभ्रेमा राप्रपाका तर्फबाट दर्ता गरिएको उम्मेदवारी एमालेलाई समर्थन गर्दै फिर्ताको घोषणा गरिसक्नुभएको छ ।

अध्यक्ष ओलीले नेपाललाई गौरव गर्न लायक समृद्ध मुलुक बनाउन वाम गठबन्धनको जित अत्यावश्यक भएको बताउँदै राष्ट्रियता र स्वाधीनताका पक्षमा यस गठबन्धनले जनताको शिर नझुकाउने गरी काम गर्ने जनाउनुभयो ।

एमालेका प्रतिनिधिसभाका उम्मेदवार डा भट्टराईले आफूलाई एकपटक परीक्षणका रुपमा लिएर विजयी बनाउन आग्रह गर्दै विकास र समृद्धिका लागि गरिएका बाचा पूरा नभएमा अर्को पटक चुनाव नलड्ने घोषणा गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य सुनिलकुमार मानन्धरले वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।

सो क्षेत्रका प्रदेशसभा (क) का उम्मेदवार निर्मल कुइँकेल (ख) का कुसुमकुमार कार्कीले पनि आफ्ना प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...