गगनलाई भेट्न अस्पताल पुगेका बाम गठबन्धनका उम्मेदवार राजन भट्टराई माथी थापाका कार्यकर्ताद्वारा आक्रमण,प्रतिस्पर्धी माथी बम प्रहार भए पछी राजनले यसरी गरे घटनाको निन्दा



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापामाथि बम प्रहार भएको घटना थाहा पाए लगत्तै सोही क्षेत्रका बाम गठबन्धनका उम्मेदवार डाक्टर राजन भट्टराई थापा उपचाररत अस्पतालमा पुगेर स्वास्थलाभको कामना गर्न र घटनाको घोर आपत्ति गर्दै आक्रमणकारीलाई कडा कारबाही गरिनु पर्ने माग सहित थापाको स्वास्थ स्थिती बुझ्न जादा भट्टराईलाई थापा समर्थकले दुर्ब्यबहार गरेका छन्। भट्टराईका सहयोगी पुष्प भट्टराईलाई थापाका कार्यकर्ताले कुटपिट गरेको र उम्मेदवार राजन भट्टराईलाई अभद्र व्यवहार गर्दै अश्लिल गाली गरेको अस्पताल परिसरमा भेटिएका एक जनाले बताए। दुखमा सहानुभुती प्रकट गर्दा अमानबिय व्यवहार देखाएका गगनका कार्यकर्ताको त्यहाँ रहेका सर्बसाधारणले समेत बिरोध गरे भने सहानुभुती र दोषीलाई कारबाही हुनु पर्ने माग सहित गगनको पक्षमा बोलेका भट्टराईको मानबियता र राजनीतिक सस्कारको सर्बसाधारणले खुलेर प्रसंसा गरेको अस्पतालमा भेटिएका देबेन्द्र रिजालले बताए।

काठमाडौं बुढानिलकण्ठ नगरपाकिलाको चपलीमा थापामाथि बम प्रहार भएको हो । थापालाई बमको छर्रा लागेको जनाइएको छ ।
बमको छर्रा लागेर घाइते भएका थापालाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ। थापाका प्रतिस्पर्धी राजनलाई अस्पतालको गेट भित्र जान नदिएर गगनका कार्यकर्ताले जंगे शैली देखाउदै अपमान गरेका छन्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...