गगन थापाले पैसा बाडेको सुइँको पाएको भन्दै ओलीले भने- पैसा दिए पचाईदिनुस्, भोट सुर्यमा हाल्नुहोस



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कपन पुगेर माओवादी नेता कार्यकर्तालाई अन्य उम्मेदवारलाई भोट नदिन खबरदारी गरेका छन् ।

काठमाडौं ४ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेका राजन भट्टराई उम्मेदवार छन् । प्रदेशतर्फ पनि दुबै उम्मेदवार एमालेबाटै छन् ।
माओवादीको भोट कांग्रेस उम्मेदवार गगन थापातिर जाने सक्ने आशंका बढेपछि ओलीले देशभर कसले के गरेको छ, प्रचण्ड र आफूले हेरिरहेको बताएका हुन् ।
कपनमा आयोजित चुनावी सभामा ओलीले आफू प्रचण्डलाई भोट माग्न चितवन गएको स्मरण गर्दै भने, ‘यो पार्टी, त्यो पार्टी भन्ने होइन । विना कन्जुस्याङ सक्रिय हुनुस् । सम्पूर्ण शक्ति लगाउनुस् । एउटा भन्ने अर्को गर्ने चरित्र आवश्यक छैन ।’

चुनावअघि नै पार्टी एकता गर्न चाहेको तर, समयले नभ्याएको उनले बताए ।

कुनै उम्मेदवारको नाम नलिई एमाले अध्यक्ष ओलीले पैसाको बिटो बोकेर आएको र मतदातालाई किन्न खोजेको दाबी गरे । ‘पैसा दिइहाले र बाध्य बनाए भने समाइदिनुस् र पचाइदिनुस्’ उनले भने, ‘तर, भोट हाल्दा गल्ती गर्नु हुँदैन ।’

उनले भट्टराईको प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गगन थापालाई ‘सेलिब्रेटी’ भन्दै व्यग्य पनि गरे । देश बनाउन वाम गठबन्धने जित्नु पर्ने दाबी गर्दै उनले भने ‘सेलिब्रेटीको काम कारसँगै यसो उभिने हो । नाटकवाज होइन, कामवाज, जनतासँग चिप्लो कुरा गर्ने होइन, जनताका लागि मरिमेट्नेलाई रोज्नुस् ।’

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...