मेरो जित सुनिश्चितः अध्यक्ष दाहाल



हाम्रो इकोनोमि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जित सुनिश्चित रहेको बताउनुभएको छ ।

आज यहाँ रासससँग कुराकानी गर्दै उहाँले जित सुनिश्चित देखेकै कारण आफू चितवनबाट उम्मेदवार बनेको बताउनुभयो ।

“जनताले पहिल्यैदेखि प्रचण्ड चितवन आउनुपथ्र्यो भन्ने चाहना व्यक्त गरेका रहेछन् । मैले बल्ल बुझ्दै छु,” उहाँले भन्नुभयो ।

विकासको प्रचुर सम्भावना भएको जिल्ला भएकाले देशभरिका लागि एउटा नयाँ नमुना प्रस्तुत गर्न आफू चितवनाट उम्मेदवार बनेको अध्यक्ष दाहालको भनाइ थियो । चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका दाहालले भन्नुभयो– “मेरो प्रतिस्पर्धी कोही छैन ।”

आफूले देश र जनताका लागि गरेको योगदानको जनताले मूल्यांकन गर्ने भन्दै उहाँले अब चितवनबाट विकास र समृद्धिको यात्रा शुरु हुने बताउनुभयो । “यहीँको जनताले मलाई प्रचण्ड बनाएको हो, त्यो ऋण तिर्ने मेरो जिम्मेवारी हो,” अध्यक्ष दाहालले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...