यी हुन् काठमाडौँ-४ का भेट्रान उम्मेदवार,गगन भन्दा राजनको देखियो पल्लाभारी,गगन थापा हार्ने यस्ता कारण पेश गरे मतदाताले



यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ दुई चर्चित युवा नेता उम्मेदवार रहेका कारण चर्चामा छ ।
डा राजन भट्टराईले वाम गठबन्धनको नेकपा (एमाले)बाट र गगनकुमार थापाले नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दैछन । विसं २०७० मा दोस्रो संविधानसभाको निर्वाचनमा निर्वाचित थापा फेरि आफ्नो विरासत गुमाउन नदिने पक्षमा छन भने मन्त्रिपरिषद्बाट सांसद मनोनीत डा भट्टराई वाम गठबन्धनको सहयोगमा थापाको विरासतलाई उल्टाउने प्रयासमा रहेका छन ।
थापा एमालेका निर्मल कुइँकेल र नेकपा(माओवादी केन्द्र)का नेता तथा हालका उपराष्ट्रपति नन्दबहादुर पुनलाई हराउँदै निर्वाचित भएका थिए भने डा भट्टराई पहिलो पल्ट उक्त क्षेत्रमा उम्मेदवार बनेका छन ।
डा भट्टराई परराष्ट्रमामिला विज्ञ मानिन्छन भने थापा युवा नेता हुन् । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका परराष्ट्र सल्लाहकारको भूमिका निर्वाह गर्नुभएका डा भट्टराई प्रबुद्ध व्यक्ति समूह(नेपाल भारत)का सदस्य समेत हुनुहुन्छ ।

भट्टराईले ‘स्कूल अफ इन्टरनेशनल स्टडिज’ अन्तर्गत ‘भारत–चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोण’ शीर्षकमा जवाहरलाल नेहरु विश्वविद्यालय, भारत, नयाँदिल्लीबाट २०६९ सालमा विद्यावारिधि गरेका छन ।

थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा स्वास्थ्यमन्त्री हुँदा केही लोकप्रिय काम गरेको मानिन्छ । तर धेरैले चाही त्यसलाई काइते काम भन्ने गरेका छन। काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका मुख्य मुख्य क्षेत्र चाबहिल, चुच्चेपाटी र जोरपाटीमा दुवै नेताले चुनावी अभियानलाई तीव्र पारेका छन ।
अनेरास्ववियुबाट राजनीति गर्दै केन्द्रीय सचिवसमेत हुनुभएका डा भट्टराई अहिले एमालेको केन्द्रीय सदस्य तथा थापा नेपाल विद्यार्थी संघको महामन्त्री हँुदै अहिले काँग्रेस केन्द्रीय सदस्य हुन् ।

दुवै नेताले आफ्नो मुख्य चुनावी नारा विकास निर्माणलाई नै बनाएका छन । काठमाडौँदेखि चाबहिलको बाटो बिग्रँदा दुई वर्षदेखि स्थानीयवासीले सास्ती पाएका छन् । उहाँहरुको पहिलो कार्यसूची नै उक्त बाटो ढल र खानेपानी योजना बनाउनु रहेको छ ।
दोस्रो पटक सोही क्षेत्रबाट उम्मेदवार थापाले संसद्मा गएर संविधान कार्यान्वयन नै आफ्नो मुख्य कार्यसूची भएको बताए । ‘‘अहिलेको संविधान कार्यान्वयन नभएमा सङ्घीयता नै समाप्त हुन्छ’’, उनले थपे , ‘‘त्यसैले संसद्मा भएर संविधान कार्यान्वयन गराउन मेरो भूमिका हुन्छ ।’’
थापाले सर्वसुलभ शिक्षा, स्वास्थ्य र युवालाई स्वदेशमा नै रोजगारी दिनेजस्ता कार्यक्रममा पनि आफ्नो कार्यसूची भएको स्पष्ट पार्दै आफ्नो क्षेत्रमा विकासनिर्माणलाई पनि आफ्नो प्रतिबद्धतामा राखे
‘‘काठमाडौँको सार्वजनिक यातायात, भौतिक पूर्वाधार निर्माणमा पनि समस्या छन्’’, उहाँले भन्नुभयो, ‘‘तिनलाई स्थानीय तह र प्रदेशसभासंँग समन्वय गरेर व्यवस्थापन गर्न मेरो ध्यान जाने छ ।’’
यता वाम गठबन्धनका तर्फबाट उम्मेदवार डा भट्टराईले आफ्नो प्रमुख कार्यसूची नै राजनीतिक स्थायित्व भएको बताए । ‘‘संविधान जारी गरेपछि कार्यान्वयन अझै हुन सकेको छैन’’, उनले भने , ‘‘त्यसैले संविधान कार्यान्वयन गरी मुलुकलाई स्थायित्व प्रदान गरी आर्थिक समृद्धि गर्ने नै मेरो र वाम गठबन्धनको लक्ष्य हो ।’’
‘‘बाटो खानेपानी, फोहर व्यवस्थापन, ढल यहाँका समस्या रहेका छन्’’, उनले भने , ‘‘ती समस्यालाई मैले प्राथमिकताका साथ हल गर्न प्रयास गर्नेछु ।’’ उहाँले आफू उम्मेदवार रहेको क्षेत्रमा सामाजिक, सांस्कृतिक, भौतिक र मानवस्रोतमा नमुना क्षेत्र बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन ।
सो क्षेत्र सांस्कृतिक रुपमा धनी रहेकाले त्यसको प्रवद्र्धन गर्न ठोस योजना निर्माण गर्नुपर्नेमा उहाँले जोड दिए । त्यस क्षेत्रका बूढानीलकण्ठ र मैतीदेवी मन्दिरलाई विशेष सम्पदा घोषणा गर्ने उनको प्रतिबद्धतामा उल्लेख गरिएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि त्यस निर्वाचन क्षेत्रबाट २१ उम्मेदवार रहेको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए । थापा र भट्टराईसंगै भर्खरै उदाउँदै गरेको विवेकशील साझा पार्टीका युवानेत्री सुबुना वस्नेत पनि प्रतिस्पर्धामा छन ।

वस्नेतले आफ्नो पहिलो प्रथामिकता त्यस क्षेत्रको भौतिक निर्माण रहेको बताईन । उहाँले उक्त क्षेत्रमा बाटो, पुल निर्माण र क्षेत्रलाई धुलोरहित बनाउने प्रतिबद्धता व्यक्त गरिन । त्यसैगरी त्यहाँका सांस्कृतिक सम्पदाको संरक्षण र युवालाई स्वदेशमा रोजगारीजस्ता विषयमा उनले प्रतिबद्धता व्यक्त गरेकी छन ।
चार नं क्षेत्रमा छ स्वतन्त्र उम्मेदवार छन् । यसैगरी प्रदेश १ बाट ८ जनामध्ये दुई स्वतन्त्र र प्रदेश २ बाट १० मध्ये तीन स्वतन्त्र उम्मेदवारी परेको छ । प्रदेश १ मा कांग्रेसबाट नरोत्तम वैद्य र एमालेबाट निर्मल कुइँकेल तथा प्रदेश २ मा कांग्रेसबाट साधुराम खड्का र एमालेबाट कुसुमकुमार कार्की रहनुभएको छ । कुल ६३ हजार २१५ मतदातामा रहेको उक्त निर्वाचन क्षेत्रमा काठमाडौ महानगरपालिकाका वडा नं १, ७, र ३० तथा बूढानीलकण्ठ नगरपालिकाका १,२,८,९,१०,११,१२ र १३ नं वडा छन् ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको