युवती प्रयोग गरेर कृषि विकास बैंकको करोडौ ठगीको रकम नेपाली सेनाका बहालवाला जर्नेलको खातामा भेटियो,यस्तो छ ठगीको रामकहानी



बैंकका कर्मचारीको मिलेमतोमा कृषि विकास बैंक लिमिटेड रामशाहपथ, काठमाडौंको मुख्य शाखा कार्यालय न्यूरोडबाट ठगी गरिएको करोडौं रकम नेपाली सेनाका एक सहायक रथीको खातामा राखेको भेटिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले घटना अनुसन्धानको क्रममा ठगी गरिएकोमध्ये करीब ७० लाख रुपैयाँ नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत सहायक रथी डा रमेश बिष्टको बैंक खातामा जम्मा भएको देखिएको हो ।

अन्तरशाखा कारोबार हिसाब ‘क्लियरिङ’को रकम ‘पेण्डिङ’ भएको देखाई बैंकको रकम एकआपसमा मिलेमतो गरी बैंकलाई हानि नोक्सानी पु¥याउने उद्देश्यका साथमा बैंकको मौज्दात रकम करिब रू ४ करोड ९१ लाख हिनामिना गर्ने कार्यमा संलग्न कृषि विकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दीपिका रेग्मीको मुख्य संलग्नता देखिएको भन्दै नेपाल राष्ट्र बैंकको पत्रको जाहेरीको आधारमा ब्यूरोको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट रेग्मीसहित ३ जनालाई पक्राउ गरेपछि उक्त रहस्यको पर्दाफास भएको हो ।

रेग्मीसहित पक्राउ परेका कृषि विकास बैंक न्यूरोड शाखामै कार्यरत उनका सहयोगी (अर्दली) रमेशकुमार थापा र दुर्गा ज्वेलर्स बालाजुका सञ्चालक प्रकाश घतानीलाइ बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम उच्च अदालत पाटनबाट पाँच दिनको म्याद लिई अनुसन्धान शुरु गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

सीआईबी स्रोतका अनुसार पक्राउ परेकी रेग्मीले विभिन्न व्यक्ति वा संस्थाले विभिन्न बैंकको चेकमार्फत कृषि विकास बैंकमा जम्मा गर्न ल्याएको चेक इलेक्ट्रिक चेक क्लियरेन्स (ईसीसी) मार्फत सम्बन्धित हितग्राहीको खातामा जम्मा गरिदिइसकेपछि उक्त भुक्तानी गरेबापत ‘जेनेरेट’ गरेको रिपोर्टलाई इडिट गरी सोही चेकलाई प्रयोग गरी पुनः ईसीसीमार्फत कृषि विकास बैंकमा रहेको सहायक रथी बिष्टलगायत आफू निकटस्थहरुको खातामा जम्मा गर्ने गरेको र सो रकम सुनचाँदीलगायतका अन्य सामग्री किन्न प्रयोग गरेको अनुसन्धानमा खुल्न आएको छ । अभियुक्त रेग्मीले सहायक रथी डा। बिष्टलाई मामा भनेर सम्बोधन गर्ने गरेको र बिष्टले पनि उनलाई भाञ्जी भन्ने गरेको र उनीहरुबीच बाक्लो उठबस र सम्पर्क रहेको अनुसन्धानमा खुल्न आएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

बैंकिङ ठगीमा संलग्नता देखिएपछि सीआईबीको टोलीले बिष्टलाई गत हप्ता नियन्त्रणमा लिएको थियो । प्रारम्भिक सोधपुछको क्रममा उनी नेपाली सेनाको सहायक रथी रहेको खुल्न आएपछि सीआईबीले कागज गराएर उनलाई नियन्त्रणमुक्त गरेको थियो । फौजदारी कसुर कर्तव्यज्यान र जबरजस्ती करणीबाहेकका कसुरमा संलग्नताको आरोप लागेका नेपाली सेनाका कर्मचारीलाई सैनिक ऐन २०६३ अनुसार नेपाली सेनाले आफैँ कोर्टमार्शल गर्ने गर्दछ । सोही कारण सीआईबीले अनुसन्धानपश्चात् नेपाली सेनाको सैनिक प्रहरीलाई पत्र लेख्ने गरी नियन्त्रणमुक्त गरेको खुल्न आएको छ । ‘म यो विषयमा बोल्न चाहन्नँ, मलाई केही थाहा भएन,’ आरोपित सहायक रथी डा बिष्टले संक्षिप्त प्रतिक्रिया दिँदै भने ।
बैंकिङ कसुरजस्तो अपराधमा सेनाका उच्च अधिकारीको संलग्नता देखिएपछि सीआइबीले उक्त घटना सम्बन्धमा गम्भीरताका साथ अनुसन्धान सुरु गरेको छ । ‘पक्राउ परेका अभियुक्तहरूको विवरण सार्वजनिक गरिसकेका छौं, अन्यको संलग्नताको विषयमा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ,’ सीआईबीका निर्देशक डीआईजी पुष्कर कार्कीले भने ।
बैंककी सहायक टेलर रेग्मीको मुख्य योजनामा बैंकलाई हानिनोक्सानी भएको रू ४ करोड ९१ लाख रुपैयाँमध्ये केही रकम प्रकाश घतानीको कृषि विकास बैंकको खातामा समेत जम्मा हुने गरेको र सोबापत प्रकाश घतानीले रेग्मीलाई सुनका गरगहना दिने गरेको अनुसन्धानमा खुल्न आएको छ भने कार्यालय सहयोगी (अर्दली) पदमा कार्यरत रमेशकुमार थापाले रेग्मीको सहयोगीको रुपमा काम गरेको खुल्न आएको सीआईबीले जनाएको सुशासन न्युज साप्ताहिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको