सडक विस्तारपछि सुन्तलाले बजार पायो



हाम्रो इकोनोमि

विगतका वर्षमा सस्तो मूल्यमै सुन्तला बिक्री गर्दै आउनुभएका यहाँका किसानले सडक विस्तारपछि उचित मूल्य पाउन थालेका छन् । धौलागिरि गाउँपालिका– ७ ताकमका भेषनाथ गौतमले मंसिर पहिलो हप्ता धादिङका व्यापारीलाई सुन्तला ठेक्कामा दिनुभयो । उहाँले प्रतिकिलो रु ४२ का दरले सुन्तला बिक्री गर्नुभएको हो ।

गौतमलाई जस्तै गाउँका अन्य किसानलाई यसपालि विगतको जस्तो सुन्तला बिक्रीका लागि माघसम्म डोके व्यापारी कुर्नुपर्ने चिन्ता छैन । “यसअघि सुन्तलाको बजार खोज्दै हिँड्नुपर्दथ्यो, यसपालि आँगनमै सडक आएपछि व्यापारी सुन्तला किन्न घरमै आए,” गौतमले भन्नुभयो ।

बेनी नगरपालिका– ४ बास्कुनाका कृषक तिलक गुरुङले १०० बोट सुन्तला नटिप्दै रु चार लाखमा बिक्री गर्नुभयो । सोही ठाउँका नरबहादुर हुमेन, दलबहादुर कार्की र दुर्गाबहादुर खत्रीले सुन्तला बेचेर रु एकएक लाख बुझिसक्नुभएको छ ।

“घरमै आएर व्यापारीले बगैँचा नै ठेक्कामा लिएर सुन्तला खरिद गरेर लगेपछि कहाँ र कसरी बेच्ने भन्ने चिन्ता नै रहेन”– कृषक दलबहादुर कार्कीले भन्नुभयो । कृषकलाई सडक सुविधा विस्तार भएपछि सुन्तला, आलुलगायत कृषिउपज बजारीकरणमा सहयोग मिलेको छ ।

केही वर्ष पहिलेसम्म स्थानीय बजारमा सिमित म्याग्दीको सुन्तला अहिले पोखरा, काठमाडौँ, नारायणघाटदेखि जनकपुरसम्म पुग्न थालेको छ । बेनी नगरपालिको राखु, मरेक, बास्कुना, मंगला गाउँपालिकाको बरंजा, भोर्लेनी, अर्मन, कुहुँ, मालीकाको बिम, ओखरबोट, रुन्मा, धौलागिरिको ताकम क्षेत्रका कृषकका बगैँचामा लटरम्म फलेका सुन्तला बोटबाटै बिक्री हुन थालेपछि कृषक उत्साहित भएका छन् ।

रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, अन्नपूर्णको दोवा, हिस्तान, घार, भुरुङ तातोपानी, नारच्याङ र दानाका कृषकले भने बेँसीजनमा केही ढिला गरी सुन्तला बेच्ने गरेका छन् । सडक सुविधा नहुँदा म्याग्दीका कृषकले उत्पादन गरेको सुन्तला स्थानीय बजारमा सिमित थियो । कृषकले उचित मूल्य पाउन सकेका थिएनन् । सुन्तला बिक्रीबाट जिल्लामा वार्षिक रु तीन करोडदेखि रु चार करोडसम्म भित्रने गरेको छ ।

छ सय ८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको म्याग्दीमा गत वर्ष दुई हजार ४७३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत भोजबहादुर थापाले बजार र मूल्य पाउन थालेपछि कृषक सुन्तला खेतीप्रति आकर्षित भएको बताउनुभयो । उहाँका अनुसार कृषकले धान, कोदो, मकै, गहुँलगायत अन्नबालीको विकल्पमा सुन्तलाखेती गर्नेक्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...