बाँदरमुढे पीडितहरुसंग प्रचण्डले गरे यस्तो तीन बुँदे सहमति,प्रचण्डको भब्य स्वागत चुनाब जित्ने यसरी भयो निश्चित



हाम्रो इकोनोमि

अन्ततः चितवन–३ मा प्रतिस्पर्धा गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई माडीको बाँदरमुढे घटनाका पीडितहरुले समेत निर्वाचनमा सघाउने भएका छन्।

बाँदरमुढे घटनाका पीडित र प्रचण्डबीच आइतबार तीन बुँदे सहमति भएपछि ब्यानरसहितको र्‍याली निकालेर पीडितहरुले प्रचण्डको स्वागत समेत गरेका छन्।माओवादी सशस्त्र विद्रोहकालमा २०६२ जेठमा चितवनको बाँदरमुढेमा माओवादी कार्यकर्ताहरुले गुडिरहेको बसमाथि विस्फोट गराउँदा त्यसमा सवार सैनिक सहित ४१ जनाको निधन भएको थियो।

त्यो घटनाका कारण माओवादी बेला–बेला अप्ठेरोमा समेत परेको थियो। घटनास्थल चितवन–३ मा नै पर्ने भएकाले पनि प्रचण्डले अहसज महसुस गर्दै आएका थिए।

तर आइतबार बाँदरमुडेका पीडितहरुसँगै तीन बुँदे सहमति गरेपछि प्रचण्डले उनीहरुको विरोध होइन, स्वागत पाएका छन्।
तीन खण्डमा बाँडिएको सहमतिपत्रको पहिलो बुँदामा मृतकका आश्रित परिवारका लागि गर्नुपर्ने काम उल्लेख छ भने दोस्रो बुँदामा घाइतेहरुको अवस्थाबारे उल्लेख छ। तेस्रो बुँदामा बाँदरमुडे क्षेत्रमा स्मारक, संग्रहालय र चिढियाघर बनाउने उल्लेख छ।

पीडित र प्रचण्डबीच माडी नगरपालिकाको कार्यालयमा छलफल भएको थियो। त्यसअगावै उनीहरु प्रचण्डलाई स्वागत गरिएको ब्यानरसहितको र्‍याली सहित नगरपालिका कार्यालय पुगेका थिए।
बाँदरमुढेको नाममा धेरैले राजनीति गरेको बताउँदै बाँदरमुढे घटनाका पीडितहरुको समस्या समस्याको समाधान प्रचण्डबाटमात्र हुनसक्ने बताउँदै स्वागतका लागि आएको बताएका थिए।
सहमति पत्रमा बाँदरमुढे घटनाका २९ जना पीडितहरुले हस्ताक्षर गरेको प्रचण्डको सचिवालयले बताएको छ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...