निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समिरमान पक्राउ



हाम्रो इकोनोमि

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले भारतबाट पक्राउ गरेका बस्नेतलाई आइतबार दिउँसो २ बजे सार्वजनिक गरेको छ ।

बस्नेत नेतृत्वको गुन्डा समूह लामो समयदेखि भारतमा बसेर चन्दा असुली र फिरौतीमा संलग्न रहेको सीआईबीले जनाएको छ। गौचन हत्याका सात जना पक्राउ परे पनि उनीहरु सबै भाडाका ‘अपराधी’ थिए। गौचनको असोज २३ गते राजधानीको शान्तिनगर प्रयागमार्गमा गोली हानी हत्या भएको थियो।

बस्नेतले स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...