मत बदर हुन नदिन राजनीतिक दलले मतदाता शिक्षा दिँदै



मत बदर हुन नदिन तेह्रथुममा राजनीतिक दलहरुले पनि मतदाता शिक्षा दिन थालेका छन् ।

लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले चुनाव प्रचारप्रसारसँगै मतदाता शिक्षालाई अभियानकै रुपमा सञ्चालन गरेका हुन् ।

दलहरुले चुनाव प्रचारप्रसारका लागि आयोजित चुनावीसभामै सहभागीलाई मतदान गर्नेबारे सिकाइरहेका छन् । कतिपय गाउँमा दलका कार्यकर्ताले घरदैलो कार्यक्रमसँगै मतदाता शिक्षा दिँदैआएका छन् । मत बदर हुनसक्ने भन्दै उनीहरु मतदाता शिक्षा प्रभावकारी बनाउन आफैँ अभियानमा संलग्न छन् ।

मतदाता शिक्षाका लागि दलहरुले नमूना मतपत्रलगायत आवश्यक सामग्री आफैँ छपाएका छन् । गाउँगाउँमा कार्यकर्ताले घरदैलो गरेर मतदाता शिक्षा दिइरहेको काँग्रेस जिल्ला सचिव सन्तोष सुब्बाले बताउनुभयो । “हामी आफैँ कार्यकर्ता परिचालित गरेर मतदाता शिक्षा दिइरहेका छाँै,” उहाँले भन्नुभयो ।

शुक्रबारदेखि जिल्लाका सबै ४३ वटै वडामा दलका नेता कार्यकर्ताले घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन् । घरदैलो सँगसँगै जिल्लाभरि मतदाता शिक्षा कार्यक्रम समेत पार्टीले छुट्टै सञ्चालन गरेको एमाले जिल्ला उपसचिव भुपतिलाल श्रेष्ठले बताउनुभयो । “सबै मतदाता अझै पनि मत हाल्नेबारे स्पष्ट भइसकेका छैनन्, मत बदर नहोस् भनेर अभियान चलाएका छौँ,” उहाँले भन्नुभयो ।

मतदाता शिक्षा कार्यकर्ता आएपनि मत हाल्ने तरिकाबारे मतदाता प्रष्ट हुन सकेका छ्रैनन् । कतिपय गाउँमा मतदाता शिक्षा कार्यकर्ता पुगेकै छैनन् । मतदानबारे प्रष्ट बनाउन मतदाता शिक्षा दिइरहेको काँग्रेस नेता टेकराज तिगेला बताउनुहुन्छ । छोटो समयका लागि तोकिएका मतदाता शिक्षा कार्यकर्ताले घरदैलोमा नै पुगेर मतदाता शिक्षा दिनुपर्ने हुन्छ । तर मतदाता सबै घरमा भेटिदैनन् । बिहान बेलुका मात्रै सिकाएर मात्र नपुग्ने उहाँको भनाइ छ ।

मतदाता शिक्षा कार्यकर्ताले घरदैलोमा पुग्नभन्दा हरेक दिन बिहान बेलुका गाउँ टोलको भेला बसाएर सामूहिक रुपमा मतदाता शिक्षा कक्षा सञ्चालन गर्ने गरेका छन् । गाउँमा समूहमा मतदाता शिक्षा कार्यकर्ताले मतदान गर्नेबारे जानकारी दिए पनि आफू अझै प्रष्ट भइनसकेको म्याङलुङ नगरपालिका–८, आम्बुङकी इन्दु सम्बाहाम्फेले बताउनुभयो । “भोट हाल्नेबारे अझै प्रष्ट छैन,” उहाँले भन्नुभयो ।

मतदाता घरमा सबै नभेटिने हुनाले सकस भएको आठराई गाउँपालिका–४, इवाका मतदाता शिक्षा कार्यकर्ता दुर्गाप्रसाद भट्टराईले बताउनुभयो । “घरमा सबै भेटिँदैनन्,” उहाँले भन्नुभयो । छोटो समय भएकाले सबै ठाउँमा पुगेर बिहान बेलुकीको समयमा मात्रै सिकाउन सम्भव नभएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभामा एउटा तथा प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला निर्वाचन कार्यालयले ५७ स्थानमा तोकिएका ८९ वटा मतदान केन्द्रमा हरेक केन्द्रमा एक जना मतदाता शिक्षा कार्यकर्ता खटाएको छ । उनीहरुले निरन्तररुपमा काम गरे नगरेकाबारे नियमित अनुगमन तथा परिचालनका लागिसमेत आवश्यक व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताउनुभयो । म्याङलुङ, मोराहाङ र पोक्लाबाङमा नमूना मतदान कार्यक्रमसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
आज प्रधानमन्त्रीको सम्बोधन, १०० दिनको प्रगति सार्वजनिक गर्ने

     सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ

राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड