मत बदर हुन नदिन राजनीतिक दलले मतदाता शिक्षा दिँदै



हाम्रो इकोनोमि

मत बदर हुन नदिन तेह्रथुममा राजनीतिक दलहरुले पनि मतदाता शिक्षा दिन थालेका छन् ।

लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले चुनाव प्रचारप्रसारसँगै मतदाता शिक्षालाई अभियानकै रुपमा सञ्चालन गरेका हुन् ।

दलहरुले चुनाव प्रचारप्रसारका लागि आयोजित चुनावीसभामै सहभागीलाई मतदान गर्नेबारे सिकाइरहेका छन् । कतिपय गाउँमा दलका कार्यकर्ताले घरदैलो कार्यक्रमसँगै मतदाता शिक्षा दिँदैआएका छन् । मत बदर हुनसक्ने भन्दै उनीहरु मतदाता शिक्षा प्रभावकारी बनाउन आफैँ अभियानमा संलग्न छन् ।

मतदाता शिक्षाका लागि दलहरुले नमूना मतपत्रलगायत आवश्यक सामग्री आफैँ छपाएका छन् । गाउँगाउँमा कार्यकर्ताले घरदैलो गरेर मतदाता शिक्षा दिइरहेको काँग्रेस जिल्ला सचिव सन्तोष सुब्बाले बताउनुभयो । “हामी आफैँ कार्यकर्ता परिचालित गरेर मतदाता शिक्षा दिइरहेका छाँै,” उहाँले भन्नुभयो ।

शुक्रबारदेखि जिल्लाका सबै ४३ वटै वडामा दलका नेता कार्यकर्ताले घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन् । घरदैलो सँगसँगै जिल्लाभरि मतदाता शिक्षा कार्यक्रम समेत पार्टीले छुट्टै सञ्चालन गरेको एमाले जिल्ला उपसचिव भुपतिलाल श्रेष्ठले बताउनुभयो । “सबै मतदाता अझै पनि मत हाल्नेबारे स्पष्ट भइसकेका छैनन्, मत बदर नहोस् भनेर अभियान चलाएका छौँ,” उहाँले भन्नुभयो ।

मतदाता शिक्षा कार्यकर्ता आएपनि मत हाल्ने तरिकाबारे मतदाता प्रष्ट हुन सकेका छ्रैनन् । कतिपय गाउँमा मतदाता शिक्षा कार्यकर्ता पुगेकै छैनन् । मतदानबारे प्रष्ट बनाउन मतदाता शिक्षा दिइरहेको काँग्रेस नेता टेकराज तिगेला बताउनुहुन्छ । छोटो समयका लागि तोकिएका मतदाता शिक्षा कार्यकर्ताले घरदैलोमा नै पुगेर मतदाता शिक्षा दिनुपर्ने हुन्छ । तर मतदाता सबै घरमा भेटिदैनन् । बिहान बेलुका मात्रै सिकाएर मात्र नपुग्ने उहाँको भनाइ छ ।

मतदाता शिक्षा कार्यकर्ताले घरदैलोमा पुग्नभन्दा हरेक दिन बिहान बेलुका गाउँ टोलको भेला बसाएर सामूहिक रुपमा मतदाता शिक्षा कक्षा सञ्चालन गर्ने गरेका छन् । गाउँमा समूहमा मतदाता शिक्षा कार्यकर्ताले मतदान गर्नेबारे जानकारी दिए पनि आफू अझै प्रष्ट भइनसकेको म्याङलुङ नगरपालिका–८, आम्बुङकी इन्दु सम्बाहाम्फेले बताउनुभयो । “भोट हाल्नेबारे अझै प्रष्ट छैन,” उहाँले भन्नुभयो ।

मतदाता घरमा सबै नभेटिने हुनाले सकस भएको आठराई गाउँपालिका–४, इवाका मतदाता शिक्षा कार्यकर्ता दुर्गाप्रसाद भट्टराईले बताउनुभयो । “घरमा सबै भेटिँदैनन्,” उहाँले भन्नुभयो । छोटो समय भएकाले सबै ठाउँमा पुगेर बिहान बेलुकीको समयमा मात्रै सिकाउन सम्भव नभएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभामा एउटा तथा प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला निर्वाचन कार्यालयले ५७ स्थानमा तोकिएका ८९ वटा मतदान केन्द्रमा हरेक केन्द्रमा एक जना मतदाता शिक्षा कार्यकर्ता खटाएको छ । उनीहरुले निरन्तररुपमा काम गरे नगरेकाबारे नियमित अनुगमन तथा परिचालनका लागिसमेत आवश्यक व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताउनुभयो । म्याङलुङ, मोराहाङ र पोक्लाबाङमा नमूना मतदान कार्यक्रमसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...