निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने – सञ्चारमन्त्री



हाम्रो इकोनोमि

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने बताउनुभएको छ ।

छब्बिऔँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेतासमेत रहेका बस्नेतले निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने भएकाले विवेक पु¥याएर मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।

नेपालमा भएका लोकतान्त्रिक आन्दोलनमा आपाङ्ग भएका व्यक्तिको पनि ठूलो योगदान रहेको उल्लेख गर्दै उहाँले सरकार अपाङ्गको हितका लागि कटिबद्ध रहेको दृढता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको हकहितमा कलम चलाएवापत नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष एवं रेडियो नेपालका प्रतिनिधि जगत साउद र पत्रकार शेरबहादुर ऐरलाई सम्मान गरिएको थियो । कार्यक्रममा महिला विकास अधिकृत सन्ध्या सिंहलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...