देउवा सरकार संग यसरी रिसायो चीन,बुढीगण्डकी ठेक्का रद्दप्रति चीनको यस्तो आक्रोश



हाम्रो इकोनोमि

चीनले बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणको ठेक्का रद्द गरिएको प्रति असन्तुष्टि प्रकट गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित एक लेखमा चिनियाँ कम्पनीले बुढीगण्डकी परियोजना निर्माण गर्न पाएको ठेक्का रद्द गर्ने नेपाल सरकारको निर्णयप्रति रोष व्यक्त गरिएको छ।

लेखमा नेपाली कांग्रेससमेत सहभागी रहेको पूर्ववर्ती दाहाल सरकारले बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय गरे पनि कांग्रेसकै नेतृत्वमा रहेको वर्तमान देउवा सरकारले उक्त ठेक्का रद्द गर्नु चीनप्रतिको ‘अमैत्रीपूर्ण प्रवृत्ति’ तथा चिनियाँ व्यापारिक कम्पनीको वैधानिक अधिकार कुठाराघातका रुपमा लिइएको छ। ‘यो निर्णयबाट देउवा भारतसँग अझै बढी नजिकिन चाहेको समेत यसले देखाउँछ’, चीनस्थित नेपाल विज्ञसमेत विज्ञ झाङ सुविन ग्लोबल टाइम्समा प्रकाशित उक्त लेखमा भन्छन् ।

नेपाल सरकारकै आग्रहमा बुढीगण्डकी परियोजनालाई बेल्ट एन्ड रोड अवधारणा अन्र्तगत चीनले समावेश गरिसकेको सन्दर्भमा देउवा सरकारले लिएको यस्तो निर्णयप्रति लेखमा तीव्र असन्तुष्टि जनाइएको छ। नेपालमा लगानी गरिरहेका चिनियाँं कम्पनीको वैधानिक अधिकार हक सुनिश्चितताका लागि भए पनि चीन सरकारले नेपाल सरकारसँग बुढीगण्डकी परियोजना ठेक्का रद्दबारे सोध्नुपर्ने उक्त लेखमा चीन सरकारलाई सुझाइएको छ। चुनावकै मुखमा बुढीगण्डकीको ठेक्का रद्द गर्ने देउवा सरकारको निर्णयप्रति चीनको सरकार मुखपत्रमार्फत् व्यक्त भएको रोषबारे बिभिन्न टिकाटिप्पणी भइरहेका छन्।

गत नोभेम्बर १४ मा सरकारले बुढीगण्डकी निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँगको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै चिनियाँ राजदूत यु होङले ऊर्जामन्त्री कमल थापा र अर्थसचिव शंकर अधिकारीसँग भेटी बुढीगण्डकीको ठेक्का रद्द भएकोप्रति कुटनीतिक शैलीमा असन्तुष्टि जनाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...