उम्मेदवारसँग चन्द्रकलाको भावूक अभिव्यक्ति– ‘छोरो दैवलाई भयो, सूर्यसँग आशा छ’



हाम्रो इकोनोमि

काठमाडौँ क्षेत्र नम्बर–९ का (वाम गठबन्धनका साझा उम्मेदवार) प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेशसभा ‘क’का उम्मेदवार डाक्टर अजयक्रान्ति शाक्य, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतपदयात्रा सहितको घरदैलो कार्यक्रममा सहभागी हुँदा निकै रोचक दृष्य देखिए । उहाँहरुसहित सयौँको सङ्ख्यामा हात–हातमा सूर्य र हँसिया–हतौडा अंकित झण्डाबोकेर पदयात्रामा सहभागी थिए । पदयात्रा लगनटोललगायतका स्थान हुँदै टेकु पुगेको थियो । त्यही क्षेत्रकी मतदाता चन्द्रकला थापा थालीमा फूल, अक्षता बोकेर वैशाखी टेक्दैआउनुभयो । पालैपालो दुबै जना उम्मेदवार र मेयरलाई रातो टिका लगाईदिनुभयो अनिहातमाशीर राखेर भावुक हुँदै भन्नुभयो– ‘छोरोलाई दैवले लग्यो, श्रीमान् पनि मेरो हुन सक्नुभएन, सूर्यसँग मैले धेरै आशा गरेकी छु ।’

थापाका ती भावूक अभिव्यक्तिसँगै पदयात्रामा सहभागी सबैमा एकैछिन मौनता छायो । मौनतालाई चिर्दै उम्मेदवर श्रेष्ठले भन्नुभयो– ‘पहिला हामीलाई जिताएर पठाउनुहोस्, हामी तपाईँहरुको साथमा छौँ ।’ श्रेष्ठको यस्तो आश्वासनपछि थापाले एक पटक फेरि दुबै उम्मेदवार र मेयर शाक्यको हातमा टाउको राखेर विजयीको शुभकामना दिनुभयो । ‘मेरो छाप्रोमा मेयर र दुबै उम्मेदवार आउनुभयो म धेरै खुशी छु,’ पदयात्रा अघि बढेपछि टिनले छाएको नीजि छाप्रोकै अगाडि उभिएर थापाले भन्नुभयो, ‘अहिलेसम्म कसैले पनि केही गरेनन्, भाषणमात्र गरे । यो पटक एमालेसँग धेरै आशा लागेको छ । एउटा छोरा दैबलाई भयो । एउटा छोरा बेलाबखत आउँछ । नातिनीसँग बसेकी छु ।’ थापाले यसो भन्दै गर्दा आँखाबाट अनायसमा आँसु झरेका देखिन्थे । ‘मैले अहिलेसम्म कुनै सरकारबाट एक पैसा पनि सहायता पाएकी छैन,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म कसैले मलाई सोधेनन् । यो पटक सूर्य छाप आएको छ । मलाई धेरै आशा पलाएको छ ।’

थापा प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । मेयर शाक्यकै मतदान केन्द्र रहेको त्यस क्षेत्रका वासिन्दाले वाम गठबन्धनबाट धेरै आशा गरेको बताउनुभयो । पदयात्रामा सहभागी मेयर शाक्यले पनि मंसिर २१ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई विजयी बनाए समग्र महानगरको विकासमा सहज हुने बताउनुभयो । उम्मेदवार श्रेष्ठ र शाक्यले पनि वाम गठबन्धनलाई विजयी गराउनु अपिल गर्नुभयो । ‘हामीले तपाईँहरुको समस्या राम्ररी बुझेका छौँ,’ उम्मेदवार शाक्यले भन्नुभयो, ‘अहिले हामी आश्वासन दिदैँनौँ । विजयी गराउने तपाईँहरुको जिम्मा, विकाश गर्ने हाम्रो दायित्व ।’करिब तीन घण्टाको पदयात्राका क्रममा सयौँले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...