सिरहामा उम्मेदवारलाई ताकेर बम बिष्फोट र गोली प्रहार,कस्ले हान्यो शक्तिशाली प्रेसरकुकर वम



हाम्रो इकोनोमि

प्रतिनिधिसभा सिरहा क्षेत्र नं. २ वाम गठबन्धनबाट (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका सुरेशचन्द्र दास यादवको घरको करेसाबारीमा शक्तिशाली बम विष्फोट भएको छ । भारतसँग सीमा जोडिएको औरही गाउँपालिका ५ स्थित घरको पछाडिपट्टि करेसाबारीको पर्खालमा बम विष्फोट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन भेटवालका अनुसार विष्फोटबाट पर्खालमा सामान्य क्षति भएकोे छ । विष्फोटस्थलमा प्रेसरकुकर वमको रिमोट भेटिएको प्रहरी नायव उपरीक्षक भेटवालले बताए ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । विष्फोटको समयमा उम्मेदवार यादव घरमा नभएकाे बताइएकाे छ । वि.सं. २०४८, ०५१ को आम निर्वाचनमा तत्कालिन सिरहा क्षेत्र नं. ३ बाट सांसद जितेका यादव काङ्ग्रेस परित्याग गरी माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् ।

त्यस्तै, संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राजलाल यादव चढेको जिपलाई लक्षित गरी बिहीबार राती नै गोली प्रहार भएको खबर छ । चुनाव प्रचार प्रसार सकेर नौ बजेतिर भगवानपुर गाउँपालिका ३ स्थित घर फर्किने क्रममा गाउँ प्रवेश गर्नु अगावै जीपको पछाडिपट्टिबाट गोली प्रहार भएको हो ।

इलाका प्रहरी कार्यालय लाहानले गोली प्रहारबाट जीपको पछाडिको सिसा फुटेको भएपनि जिपमा रहेका यादवसहित कसैलाई केही नभएको जनाएको छ । जिपमा गोली गोली प्रहार भएपछि तत्काल सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरी सकुशल घरसम्म पुर्याएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...