यस्ता छन्, राजन भट्टराईले प्राथमिकतामा राखेका आफ्नो १२ वडामा संञ्चालन हुने विशेष योजनाहरु



बाम गठवन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा क्षेत्रका उम्मेदवार डा. राजन भट्टराईले आफ्नो क्षेत्रका १२ वटा वडाहरुमासंचालन गरिने केहि विशेष योजनाहरुको विवरण सार्वजनिक गरेका छन । डा. भट्टराईले आफ्ना विशेष योजनाहरु सार्वजनिक गर्नका लागि आयोजित गरिएको भेटघाट कार्यक्रममा तियोजनाहरु सार्वजनिक गरेका थिए। अगिल्लो पटक नेपाल सरकारका तर्फ बाट २६ विसेसग्य को कोटामा सभासद बनेका भट्टराई यस पटक प्रत्यक्ष निर्वाचनमा उत्रेका छन।
डा. राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ का १२ वटा वडामा संचालन गरिने विशेष योजनाहरुको संक्षिप्त विवरण यहाँ प्रस्तुत गरिएको छ ।

काठमाडौं महा नगरपालिका वडा नं १

काठमाडौं महा नगरपालिका वडा नं १ ऐतिहासिक बस्ति र सांस्कृतिक रुपमा धनी रहेको वडा भएकोले यहाको सांस्कृतिक पहिचानको लागि विशेष कार्यक्रम संचालन गर्ने डा. भट्टराईले जनाएका छन।यो संगै यस वडामा विशेष कार्यक्रमको रुपमा यस वडामा रहेको नारायण हिटी दरवारसंग्रहालय बाट संकलन हुने रकम को केहि अंश स्थानीय तहको विकासका लागि खर्च गर्ने गरि व्यवस्था मिलाउन आफुले स्थानीय र रास्ट्रिय स्तरमा पहल गर्ने बताएका छन।काठमाडौं क्षेत्र नं ४ का वासिन्दाले यो संग्रहालय प्रति गौरव र अपनत्व महसुस गर्न का लागि निसुल्क प्रवेशको व्यवस्था गर्न पहल गर्ने डा। भट्टराईले जनाएका छन।

काठमाडौं महानगरपालिका वडा नं ७

काठमाडौं महानगरपालिका वडा नं ७ मा रहेको ट्राफिक जामको विकराल समस्या समाधानका लागि चावहिलमाफ्लाई ओभर पुल निर्माण गर्ने र यस क्षेत्रमा बैकल्पिक मार्ग निर्माणको योजना बनाएको डा. भट्टराईले जनाएका छन।त्यस्तै यस वडामा रहेका चारुमतीबिहार ,विभिन्न बहालहरु र गणेश स्थान क्षेत्रलाई विशेष सम्पदा घोषणा गर्ने र तिनीहरुको प्रवर्धनको विशेष योजना रहेको उनले बताएका छन।

काठमाडौमहानगरपालिका वडा नं ८

यस वडामा रहेको पशुपतिनाथको मन्दिर विश्वका हिन्दुहरुको पवित्र स्थल रहेकोले यस धार्मिक स्थललाई रास्ट्रियरुपमा गुरु योजना बनाएर प्रवर्धन गर्न आफुले भूमिका खेल्ने डा. भट्टराईले बताए ।त्यस्तै उनले यस वडाका विशेष योजनामा तिल गंगा –गुहेश्वरी मार्ग निर्माण , तिल गंगा –रातो पुल अन्डर ग्राउण्ड मार्ग निर्माण आफ्नो प्रधान योजना रहेको बताए ।उनले यस वडामा रहेको तिलगंगा आँखा अस्पताललाई एसिया कै उत्कृस्ट आँखा उपचार तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न आफ्नो सक्रिय भूमिका रहने जनाएका थिए ।

काठमाडौं महानगरपालिका वडा नं ३०

यस वडाको मैतीदेवी मन्दिरलाई विशेष धार्मिक सम्पदा सुचिमासुचिकृत गर्दै सो मन्दिरको महत्व बुझाउने विशेष कार्यक्रम संचालन गर्ने योजना बनाएको डा. भट्टराईले बताए ।त्यस्तै सयौबर्ष देखि यस वडालाई थात थलो बनाएर बसेका स्थानीयहरुको मौलिक सम्पति जात्रा , भोज संस्कृति र सो स्थानको बौद्धिक बर्गको विद्वता र ज्ञानको उपयोग गर्ने गरि आफुले योजना बनाउने उनको भनाइ थियो ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १

काठमाडौं क्षेत्र नं ४ को शिर यस वडामा प्रचुर प्राकृतिक सम्भावना देखेको बताउदै डा. भट्टराईले स्थानीय तहको निर्वाचनमा प्रस्तुत गरेको प्रतिवादत्ता पत्रमा उल्लेख भएका योजना हरुको कार्यान्वयन मा लाग्ने बताएका थिए ।उनले यस वडामा रहेको शिवपुरी डाँडा लाई पर्यटकीय क्षेत्र बनाउन अव ढिला गर्न नहुने बताएका थिए ।काठमाडौं का तिन दिशाका डाँडाहरुमा देशी विदेशी पर्यटक पुग्ने तर यहाँ किन नपुग्ने भन्दै वडा नं १ अव पर्यटकीय र प्राकृतिक सम्पदा उपयोग गर्ने अग्रणी वडा बनाउने योजना रहेको बताएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं २

यस वडामा रहेको रुद्रमती (धोवीखोला ) को मुहान लाई संरक्षण गरि एउटा महत्वपूर्ण स्थलको रुपमा विकास गर्ने तथा यस वडामा रहेको पन्चकन्या सामुदायिक बनको भरपुर प्रयोग गर्ने योजना रहेको डा. भटराईले बताएका छन।काठमाडौं उपत्यका का अन्य स्थान जस्तै यस वडामा बनभोज स्थल निर्माणको प्रचुर सम्भावना रहेकोले यहाका प्राकृतिक सम्पदाको प्रयोग गर्दै आन्तरिक पर्यटक आकर्षित गर्ने योजना रहेको डा। भट्टराईले बताएका छन।यस वडाका पन्चकन्या मन्दिर ,रुद्रेश्वर महादेव मन्दिर संरक्षण आदि पनि आफ्ना विशेष योजना रहेको उनले बताए ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८

यस वडामा रहेका सार्वजनिक जग्गाको संरक्षण र उपयोग गर्दै वडालाई क्षेत्र नं ४ को बौद्धिक बहस र छलफलको केन्द्र बनाउने डा . भट्टराईले बताएका छन।यस वडामा रहेको एक मात्र सार्वजनिक विद्यालय महांकाल जन जागृत माविलाई स्नातकोत्तर सम्म अध्यापन गर्ने शैक्षिक संस्था बनाउने र यहाँ रहेको ठुलो सार्वजनिक जग्गामा जेष्ठ नागरिक ,बौद्धिक बर्ग ,युवा तथा स्थानीयको हित अनुकुल विशेष ग्राम स्थापना गर्ने योजना रहेको डा. भट्टराईले बताएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९

यस वडामा अहिले सम्म कुनै पनि सार्वजनिक शैक्षिक संस्था नरहेको विडम्बना पूर्ण स्थितिको अन्त्य गर्दै यहाँ प्राविधिक विषय पठन पाठन हुने शिक्षालय स्थापना गर्न आफु लाग्ने डा. भट्टराई ले बताएका छन।त्यस्तै यस वडामा रहेका रास्ट्रियर अन्तरास्ट्रिय जगतमा चर्चा कमाएका ब्यक्तिवहरुको संलग्नतामा बौद्धिक मंच निर्माण गरि उनीहरुकोअनुभव,ज्ञान र शिपको उपयोग नगरपालिका र क्षेत्रको हितमा लगाउन पहल गर्ने उनले बताएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १०

बुढानिलकण्ठ नगरपालिकाको सबै भन्दा ठुलो वडाको रुपमा रहेको यस वडामा प्रचुर विकासको सम्भावना रहेको भन्दै डा. भट्टराईले यस वडाको ह्यान्ड बल मैदानलाई खेलकुद कम्प्लेक्स को रुपमा विकास गर्ने तथा बालुवा खानीमा रहेको सार्वजनिक जग्गा उपयोग गर्दै त्यहा अन्त रास्ट्रिय खेल संचालन गर्न सकिने संरचना विकास गर्ने योजना रहेको बताए ।यस वडामा रहेको सुकुम्वासीकोबसोवासको समस्या प्रति सचेत रहेको भन्दै उनले त्यसको उचित समाधानका लागि आफु सक्रियता पूर्वक लाग्ने बताएका छन।यस वडामा रहेका वाल उद्धार मावी र नेपाल चार्टर विद्यालयको भौतिक र शैक्षिक सुधारका योजना स्थानीयको सहभागितामा संचालन गरिने उनले बताए ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११

यस वडामा धेरै प्राकृतिक र सांस्कृतिक स्थान रहेकोले ति स्थान हरुको विशेषता पहिचान गरेर योजना निर्माणमा लाग्ने उनले बताएका छन।यस वडामा रहेका विभिन्न स्थान बाट काठमाडौं उपत्यकाका ९० प्रतिशत भन्दा बढी स्थान देखिने विन्दुहरु रहेकोले त्यस्ता स्थानमा भिउ टावर स्थापना गरि यस वडालाई भ्रमण योग्य पर्यटकीय स्थल बनाउने योजना रहेको डा। भट्टराईले बताए ।त्यस्तै यस वडामा रहेका मठ मन्दिर ,गुम्बा र अन्य सम्पदाको संरक्षण गर्न स्थानीय तह संग समन्वय गर्दै योजना बनाउने बताएका भट्टराईले कृष्ण मन्दिर जगडोल बाटो निर्माण आफ्नो मुख्य प्राथमिकतामा रहेको बताए भने आगामी ५ वर्ष भित्र ग्राम शिक्षा मन्दिर मावी, यज्ञमतीमावी र जनजागृतीमावीलाई उच्च शिक्षालय बनाउन पहल गर्ने योजना रहेको सुनाए ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२

यस वडामा रहेको डुवानको समस्या संगआफु जानकार रहेको भन्दै आनी गुम्बा बाट साततले सम्म ढल सुधार र डुवानरोकथामको कामलाई आफ्नो अनिवार्य र मुख्य योजना बनाएको डा. भट्टराईले बताएका छन।त्यसका साथै स्थानीय तहको निर्वाचनमा वडा नं १२ ले अगाडी सारेको पूर्ण प्रकास यात्री पुस्तकालय र घटराज भट्टराई साहित्य अध्ययन केन्द्र स्थापना ,नवदुर्गा ,राधाकृष्ण ,ढुंगेन गणेश जस्ता मन्दिरहरुको संरक्षण र प्रवर्धनको पनि योजना रहेको उनले बताएका छन।यस वडामा रहेको बाल कुमारी प्रारम्भिक विद्यालयलाई प्राविधिक सिक्षालय को रुपमा विकास गर्ने योजना रहेको उनले बताएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३

यस वडालाई पर्यटकीय तथा कृषि उत्पादनको नमुना वडा बनाउने योजना रहेको डा. भट्टराईले बताएका छन।यस वडाका जात्रा ,मठ मन्दिर ,पुराना संस्कृति र प्राकृतिक सम्पदाको उपयोग गरि पर्यटन सहकारी मार्फत पर्यटकीय केन्द्रका रुपमा यस वडालाई विकास गर्ने योजना रहेको उनले बताए ।

त्यस्तै यस वडामा रहेको खेती योग्य जमिनको उपयोग गरि आधुनिक कृषि प्रणालीको प्रयोग गर्दै कृषि पकेट क्षेत्रको रुपमा वडाको विकास गर्ने योजना उनले सुनाए ।साथै यस वडामा क्रिकेट मैदान निर्माण ,वडाका विभिन्न बन स्थलमा सुटिंगस्पटसंचालन आदि विशेष योजना रहेको डा. भट्टराईले बताएका छन।

माथि प्रस्तुत गरेका योजनाहरुप्रतिनिधिमुलक विशेष योजना रहेको भन्दै उनले स्थानीय तहको निर्वाचनको समयमा प्रस्तुत गरेका प्रतिवद्दता पत्रमा उल्लेखित योजना तथा कार्यक्रमको स्वामित्व ग्रहण गर्दै तिनको कार्यन्वयनमा लाग्ने बताएका थिए ।
डा. भट्टराई संगै काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र १ मा निर्मल कुइकेल र प्रदेस क्षेत्र २ मा कुसुम कुमार कार्की बाम गठबन्धनको तर्फ बाट उम्मेदवार रहेका छन।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको