रौतहटमा राजपा फोरम, कार्यकर्ता र प्रहरीबीच झडप



हाम्रो इकोनोमि

रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ ।

बिहीबार राति ८ बजे गरुडा नगरपालिका–५ महमदपुुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरहेको बिभिन्न भ्रामक भिडिओलाई प्रहरीले नियन्त्रण लिन खोजेपछि झडप भएको हो । झडपमा परेर १४ प्रहरी र तीनजना गठबन्धनका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।

एक्कासि प्रहरीमाथि ठूलो सङ्ख्यामा रहेका गठबन्धनका कार्यकर्ताले ढुुंगामुुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थित नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाई फायर र एक दर्जन अश्रुुग्यास सेल प्रहार गर्नुु परेको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोविन्द थापाले बताउनुुभयो । झडपमा परेर घाइते भएका तीनैजनाको टाउकामा चोट लागेको घाइतेमध्ये दुुईजनाको चन्द्रनिगाहपुुर अस्पताल र एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको गठबन्धनले जनाएको छ ।

त्यसैगरी प्रहरीतर्फ १० र चारजना सशस्त्र प्रहरी गरी १४ जना घाइते भएका छन् । दुई जनाको टाउकामा टाँका लागेको, एकजनाको हात भाँचिएको, एकजना प्रहरीको छातीमा गम्भीर चोट लागेको र बाँकीलाई सामान्य चोटपटक लागेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुुभयो । फोरमका नेता योगेन्द्र यादवले अन्य दलले आचारसंहिता उल्लङ्घन गर्दा प्रहरीले वास्ता नगरेको तर मधेशवादीमाथि दमन गरिरहेको आरोप लगाउनुुभयो ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...