राष्ट्रको रक्षाका लागि वाम सरकार आवश्यक : पूर्वअर्थमन्त्री पाण्डे



हाम्रो इकोनोमि

पूर्वअर्थमन्त्री एवं चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले राष्ट्रको रक्षाका लागि वाम सरकार आवश्यक भएको दाबी गर्नुभएको छ ।

चितवन क्षेत्र नं १ अन्तर्गत स्थानीय खैरहनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वाम शक्तिको सरकारले मात्रै देश विकास गर्न सक्नेमा जोड दिनुभयो ।

एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका नेता पाण्डलेले बिहीबार यहाँको खैरहनी नगरपालिका–४ चैनपुर, शिवालयचोकमा आयोजित सभामा भन्नुभयो, “अबको निर्वाचन पछि वाम शक्तिको सरकार बन्छ, अनि देश विकास र समृद्धितर्फ अघि बढ्छ ।”राष्ट्रको रक्षाका लागि नै वाम एकता गरिएको उहाँको भनाइ थियो ।

निजामती कर्मचारी विभिन्न दलको चुनाव प्रचार प्रसारमा सक्रिय रहेकामा आपत्ति जनाउँदै उहाँले सरकारको नून खाएर एउटा पार्टीको प्रचारमा नलाग्न कर्मचारीलाई आग्रहसमेत गर्नुभयो ।

सो क्रममा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख)का उम्मेदवार कृष्ण खनालले स्थानीय क्षेत्रको विकाससँगै समग्र राष्ट्रकै विकासका लागि वाम शक्तिलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । चितवन क्षेत्र नं १ को लोकतान्त्रिक गठबन्धनअन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले निर्वाचन जितेर आफ्नो क्षेत्रको परिवर्तन गर्ने बताउनुभएको भयो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...