गंगा चौधरी एमाले र नयाँ शक्तिको समानुपातिक सूचीमा,यसरीमा धरापमा पर्यो उम्मेद्वारी दुवैतिर स्वत: रद्द हुने



टिकट नपाएपछि सवै पार्टीमा केहि कार्यकर्ता रूष्ट भएका छन कुनै कुनै ठाँउमा बबाल मच्चाएर भाँडभैलो भएको छ । तर, एक उम्मेदवार दुई वटा पार्टीबाट समानुपातिक सभासद्को सूचीमा परेकी छिन् ।

दाङकी गंगा चौधरी सत्गौवा एमाले र नयाँ शक्ति पार्टीको समानुपातिक सूचीमा छिन् । शुरुमा चौधरीलाई नयाँ शक्तिले सिफारिस गरेको थियो । पछि उनी एमालेबाट पनि सिफारिसमा परेकी छिन् ।

निर्वाचन आयोगले हिजो सार्वजनिक गरेको सूचिमा चौधरीको नाम एमाले र नयाँ शक्ति दुवैको सूचीमा परेको छ ।

थरुहट तराई पार्टी नेपाल लोकतान्त्रिकबाट गंगा चौधरी सत्गौवा गत फागुन २ गते नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् । त्यसबेला उनी संसद समेत थिइन् । संसदमा उनले नयाँ शक्तिको प्रतिनीधित्व गरेकी थिइन् ।

निर्वाचन आयोगका प्रवत्ता नवराज ढकालले कुनै उम्मेद्वार दुई वटा पार्टीबाट सिफारिस भएको पाइए दुवैतिर स्वत: रद्द हुने बताएका छन ।

हिजो मात्रै कोमल वलीले आफुलाई टिकट नदिएर एमालले धोका दिएको भनेकी थिइन् भने त्यहि क्षेत्रमा नै गंगा दुइ पार्टीबाट उम्मेद्वार ।

प्रतिक्रिया दिनुहोस
कार्यसक्षमता नभएका मन्त्रीहरूको पद धरापमा

    प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम

अराजकतालाई निरुत्साहन गर्दै जानुपर्छ : प्रधानमन्त्रीले

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/०८१ को

बीआरआई अनुदानमा हुन्छ : परराष्ट्रमन्त्री राणा

     परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् । प्रधानमन्त्री केपी

रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने

    रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण