काठमाडौं क्षेत्र नं ४ मा बाम गठवन्धनको निर्वाचन परिचालन कमिटि गठन



हाम्रो इकोनोमि

 

काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बम गठबन्धन संयुक्त भेला सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता नेकपामाओबादी केन्द्र क्षेत्र ४र१ प्रदेशसभा संयोजक सुरेश कार्माचार्यले गरेका थिए भने कार्यक्रममा आतिथिहरुमानेकपामाओबादीकेन्द्रकापोलिटब्युरो सदस्य धर्मदत्तदेबकोटा, काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधि सभा बाम गठबन्धनका उम्मेदवार डा। राजन भट्टराई ,काठमाडौँ क्षेत्र नं ४ र१ प्रदेशसभा बाम गठबन्धनका उम्मेदवार निर्मल कुइकेलकाठमाडौँ क्षेत्र नं ४ र२ प्रदेशसभा बाम गठबन्धनका उम्मेदवार कुसुम कुमार कार्की , नेकपा एमाले केन्द्रीय सल्लहाकारपरिषद अध्यक्ष केशबबडाल, नेकपामाओवादीकेन्द्रियसल्हाकाररामनाथ मैनाली , नेकपा एमाले प्रदेश सभा संयोजक ४र१ र ४र२ क्रमश तेज ढकाल ,बिदुरबिक्रम खड्का रहेका थिए ।
कार्यक्रममा बोल्दै डा। राजन भट्टराई ले अवका पुस्ता हरुले कुनै पनि राजनीतिक आन्दोलन गर्नु नपर्ने गरि नेपाललाई विकास गर्नका लागि बाम सरकार आवस्यक रहेको बताएका थिए। उनले काठमाडौं काठमाडौं क्षेत्र नं ४ मा आफुले विजयी प्राप्त गरे यस क्षेत्रका जन प्रतिनिधि हरुको साथमा रहेर क्षेत्रको विकासमा सक्रिय रहने बताएका थिए ।
डा। भट्टराई ले आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्दै साना कुरा देखि यस क्षेत्रको बृहत योजना सम्म बताएका थिए । उनले आफ्नो चुनावी एजेन्डामा गौशाला चावहिल को ट्राफिक जाम देखि शिवपुरीको केवल कार सम्मम रहेको बताउदै यसका २ वटै प्रदेस क्षेत्रमा पनि बाम गठवन्धनका उम्मेदवार लाई जिताउनु पर्ने धारणा राखेका थिए ।
बाम गठवन्धनको काठमाडौं क्षेत्र नं ४ का प्रमुख धर्म दत्त देवकोटाले आसन्न निर्वाचनमा कुन्जई पनि हालतमा बाम पन्थी उम्मेदवार जिताउन लाग्नु पर्ने भन्दै वडा देखि क्षेत्र सम्मका योजना प्रस्तुत गरेका थिए । निर्वाचन परिचालनका लागि सबै नेता कार्यकर्ता एक हुनु पर्ने भन्दै उनले सुर्य चिन्हमा भोट मागेका थिए ।
सोहि अवसरमा बोल्दै नेकपा एमाले काठमाडौं जिल्ला कमिटि सदस्य मिठाराम अधिकारीले अवको निर्वाचन देशको भविस्य का लागि भएकोले यसमा सबै व्यक्तिगत आग्रह पूर्वाग्रह भुलेर निर्वाचन अभियानमा होमिन आग्रह गरेका थिए ।
कार्यक्रममा बिदुरबिक्रम खड्काले स्वागत मंतब्य राखेका थिए । सोहि कार्यक्रममा मिठाराम अधिकारी , रामनाथ मैनाली , कुसुम कुमार कार्की निर्मल कुइकेल र केशबबडालले आ(आफ्नो मंतब्य राखेका थिए

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...