गुल्मीमा शुरु भयो चुनावी रौनक, प्रदिप ज्ञवाली र गोकर्ण बिष्टले जित्ने निश्चित



 

 

 

आगामी मंसिरमा हुने प्रतिनिधी सभा र प्रदेश सभाको मनोनय गरे लगत्तै गुल्मीमा बिभिन्न पार्टीका उम्मेदवारहरु गाउँगाउँमा मतमाग्न सुरु गरेका छन् । बिहिवार मनोनयन गरेपछी शुक्रवार गाउँगाउँमा पुगेका उम्मेदवारले शनिवार बिहानैबाट जनताको घरदैलोमा व्यास्त बन्न थालेका छन् । वाम गठबन्धनका तर्फबाट उमेद्दवार बनेका प्रदिप ज्ञवाली र गोकर्ण बिष्टको जित शुनिश्चित भएको छ । प्रदिप ज्ञवाली गुल्मी १ बाट र गोकर्ण बिष्ट गुल्मी २बाट उमेद्दबार छन ।

उम्मेदवारहरु गाउँगाउँमा पुग्न थालेसँगै चुनावी माहोल पनि सृजना हुनथालेको छ । दुई निर्वाचन क्षेत्र र ४ प्रदेशसभा क्षेत्र रहेको गुल्मीमा झण्डै ४ दर्जन वढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । गुल्मीमा बाम गठबन्धन र काँग्रेसका उम्मेदवारका बिच मुख्य प्रतिस्पर्धा हुने भएको छ । गुल्मीमा बाम गठबन्धनबाट प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा प्रदिप ज्ञवालीसँग चन्द्र भण्डारी र क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा तर्फ गोकर्ण बिष्टसँग चन्द्रकेसी बिच प्रतिस्पर्धा हुँदै छ ।

 

बाम गठबन्धनबाट क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका प्रदिप ज्ञवालीले रुरु गाउँपालिका रिडीबाट चुनावी अभियान सुरु गरेका छन् । रुरु गाउँपालिका रिडीमा बाम गठबन्धनको सम्पर्क कार्यालयको उद्घाटन गरि चुनावी घरदैलो अभियान सुरु गरेका हुन् । उनले जनतासँग पुराना कामहरुसँगै नयाँ बिकासमा मोडलहरु सहित चुनावी अभियानमा जुटेको बताएका छन् । जनताले साना भन्दा साना बिकासका माग राख्ने गर्दछन् ज्ञवालीले भने ‘हामीले ति मागहरु सहित नयाँ योजनाहरु पनि जनतामाझ राख्नेछौं ।’

बाम गठबन्धनबाट क्षेत्र नम्बर २ का प्रतिनिधी सभा उम्मेदवार गोकर्ण बिष्टले मुसिकोट नगरपालिकाको कुर्घाबाट चुनावी घरदैलो सुरु गरेका छन् । उनले घरदैलो अभियान अन्र्तगत प्रत्यक्ष जनाहरुसँग अन्र्तक्रिया गर्ने बताए । बिष्टले चुनावी अभियानमा भाषण भन्दा जनतासँग बसेर प्रत्यक्ष समस्याहरु बुझने र अभिमत ल्याउने गरि घरदैलो अभियान सुरु गरेको बताए । उनले भाषण भन्दा पनि जनताको अधिकतम साना समस्याहरु देखि ठुला समस्याहरुको बारेका अन्र्तक्रिया गर्ने र आफनो तर्फबाट चुनावी प्रतिबद्धताहरु जनतामाझ राख्ने बताए ।

बाम गठबन्धनसँग एक्लै प्रतिस्पर्धामा उत्रिएको नेपाली काँग्रेसबाट गुल्मी क्षेत्र नम्बर १को प्रतिनिधी सभा तर्फ उम्मेदवार बनेका चन्द्र भण्डारीले आफनै गाउँपालिका छत्रकोट गाउँपालिकाको हुँगाबाट चुनावी घरदैलो सुरु गरेको बताए । जनतासँग अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धाहरुको बारेमा बुझाउँदै आगामी निर्वाचनमा मतदिनुको अर्थ बारे प्रष्टपार्दै घरदैलोमा पुग्ने बताए । गरेका कामहरु जनतामाझ राख्ने र नयाँ योजनाहरु पनि जनतासँग लगेर घरदैलोमा पुग्ने बताए । काँग्रेसबाट क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा तर्फ उम्मेदवार बनेका चन्द्र केसीले केहि दिनमा घरदैलो अभियान सुरु गर्ने जनाएका छन् । उनि २०५६ सालमा सम्पन्न निर्वाचनमा एमालेका प्रदिप ज्ञवालीसँग चुनावी प्रतिस्पर्धामा थिए । त्यसबेला उनि पराजित भएका थिए । चन्द्र केसी गोकर्ण बिष्टसँग प्रतिस्पर्धा गर्दैछन् । बिष्ट गुल्मीबाट २०५६ सालमा र २०७० सालमा सम्पन्न निर्वाचनमा निर्वाचित भएका थिए ।

जिल्लामा प्रदेस सभा तर्फ क्षेत्र नम्बर १ को क बाट बाम गठबन्धनका उम्मेदवार सुर्दशन वलालसँग पृथ फौजदार खबाट कमल श्रेष्ठसँग धनेन्द्र कार्की प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर २ को कबाट बाम गठबन्धनका उम्मेदवार खड्ग केसीसँग शालिक पन्थी र खबाट दिनेश पन्थीसँग छन्दबहादुर पहराई बिच प्रतिस्पर्धा हुनेभएको छ । अन्यदलबाट पनि उम्मेदवारहरुको मनोनय दर्ता भएपनि मुख्य गरि २ दलका उम्मेदवार बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग