कांग्रेसका नेताले प्रेमिकालाई टिकट दिए पछी त्यसको सिको गर्दै बाम गठबन्धनका कुन-कुन नेताले कस्ता आफन्त रोजे,हेर्नुहोस नालीबेली



कांग्रेस भित्र नाताबाद हाबी हुने र प्रेमिका सम्मलाई टिकट दिएको चर्चा चलिरहदा यता बाम गठबन्धनमा पनि त्यसको असर र प्रभाब परेको छ। पहिलो र दोस्रो चरणको प्रदेश र केन्द्रको निर्वाचनको उमेदवारी दर्तासँगै आफन्तको नाम बाहिर आएको हो । केही आफन्त चाहीँ समानुपातिकमा छन् ।

देशलाई समाजवादी बाटोमा छिटो विकास र समृद्ध बनाउने भन्दै दुई कम्युनिष्ट पार्टी मिलेर वामपन्थी गठबन्धन बनाएका छन् । गठबन्धन बनाएपनि दुवै दलका नेताहरुले आ–आफ्ना नातेदारहरुलाई टिकट दिएको भन्दै पार्टीभित्र आलोचना भएको छ । कतिपयले सोसल मिडियामा दुख पोखेका छन् ।

एमालेबाट टिकट पाउने भाग्यमानि आफ्न्त धेरै छन् । उपाध्यक्ष वामदेव गौतम वर्दिया क्षेत्र १ बाट केन्द्रकोलागि प्रत्यक्ष उमेदवार बनेका छन् । उनकी श्रीमति तुलसी थापाचाहीँ समानुपातिकमा छिन् । जनजाति महिलामा उनको नाम समानुपातिकमा छ ।

माधवकुमार नेपाल आफु काठमाडौं–२ बाट चुनाव लडेका छन् । उनका सम्धी सोमप्रसाद पाण्डे पाल्पा–२ बाट केन्द्रका ेलागि निर्वाचन लड्दै छन् ।

शंकर पोखरेल पाच नम्वर प्रदेशको मुख्य मन्त्रीका दावेदारसहित दाङबाट प्रदेशसभाका लागि चुनाव लड्दै छन् । उनकी श्रीमति शुजिता शाक्य केन्द्रका लागि समानुपातिक सूचिमा छिन् । रधुविर महासेठ धनुषा–४ बाट चुनाव लडेका छन् । उनको पत्नी जुली महतो केन्द्रका लागि समानुपातिक सूचिमा छन् ।

एमालेको निर्वाचन आयोग प्रमुख सोमनाथ प्यासी आफु समानुपातिक सूचिमा छन् । उनकी बहिनी प्रभा कोइराला पनि समानुपातिक सूचिमै छिन् । प्यासीका ज्वाई विकास लम्सालपनि प्रदेशमा पर्वतको प्रदेशसभा ख बाट चुनाव लड्दै छन् ।

एमालेका कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठ काठमाडौं–९ बाट निर्वाचन लडेका छन् । उनकी श्रीमति विना श्रेष्ठ केन्द्रको समानुपातिक सूचिमा छिन् ।

सुवास नेम्वाङका इलाम क्षेत्र नं २बाट प्रत्यक्षमा लड्दै छन् । उनका भाइ बसन्त नेम्वाङले प्रदेशमा टिकट पाएका छन् । विजय सुब्वा समानुपातिकमा छन् । सुब्बा नेम्वाङका बहिनी ज्वाईं हुन् ।

एमालेमै जस्तो माओवादीमा पनि आफन्तको जालो नै छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफु चितवन–३बाट चुनाव लडदैछन् । बुहारी बिना मगर क्रचनपुर–१ बाट प्रतिनीधिसभाका लागि चुनाव लड्दै छन् । ज्वाईं जीवन आर्चाय मोरङबाट प्रदेशसभामा चुनाव लडेका छन् । भाई नारायण दाहाल पनि समानुपातिक सूचिमा छन् ।

टिकट बाँडफाँड कार्यदलमा संयोजक बनेका बर्षमान पुन रोल्पाबाट प्रतिनीधिसभाकालागि चुनाव लडेका छन् । उनकी श्रीमिति ओनसरी घर्ती समानुपातिक सूचिमा छन् । बर्षमान पुनकी बहिनी लालकुमारी पुन ललितपुरबाट प्रदेशसभामा चुनाव लड्दैछिन् ।

देब गुरुङ लमजुङबाट प्रतिनीधिसभाका लागि चुनाव लड्दै छन् । उनकी पत्नी यशोदा सुवेदी समानुपातिकमा छिन् । हितमान शाक्य काठमाडौं १० नं क्षेत्रबाट प्रत्यक्षमा लड्दै छन् भने उनकी श्रीमति अमृता थापामगर समानुपातिकमा छिन् ।

शक्ति बस्नेत जाजरकोटबाट चुनाव लड्दै छन् भने पत्नी सत्या पहाडी समानुपातिकमा छिन् ।

तेजप्रसाद ओली रुकुमबाट प्रदेश सभामा लड्दै छन् भने पत्नी जुनकुमारी रोका समानुपातिकमा छिन् । शक्ति बस्नेतकी बहिनी ज्ञानु बस्नेत समानुपातिकमा छिन् ।
जनार्दन शर्मा रुकुमबाट चुनाव लड्दैछन् । भाई अनिल शर्मा काठमाडौं १ बाट चुनाव लडदैछन् ।

पूर्वमन्त्री रेखा शर्मा समानुपातिक सूचिमा छिन् । उनका पति कृष्णध्वज खड्का प्यूठानबाट प्रदेशसभाका लागि चुनाव लड्दै छन् ।

 

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा