८८ केजी सुनकाण्डका चालक दुई महिना थुनामा बसे पछी यसरी निर्दोष ठहरिए,अरु कोको विरुद्ध चल्यो मुद्दा?



हाम्रो इकोनोमि

भदौ १९ मा महानगरीय अपराध महाशाखाले केरुङ नाका हुँदै भित्रिएको ८८ केजी सुन राजधानीमा बरामद गर्‍यो। बा १७ च ६४२७ नम्बरको कारमा लुकाई राखिएको ठूलो परिमाणको सुनसहित क्षेत्रपाटीबाट कारका चालक मनोज अधिकारी पक्राउ परे।

त्यही सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार ११ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। उनीहरुलाई संगठित अपराध ऐनअनुसार ४६ करोड ७० लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए। बरामद भएको ८८ किलो सुनको मूल्यलाई बिगो बनाइएको हो। अभियुक्तविरुद्ध संगठित अपराध ऐनअनुसार ५ वर्ष कैद सजाय माग गरिएको छ।

तीन चिनियाँसहित ११ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गर्न जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको थियो। सोहीअनुसार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। अभियुक्तविरुद्ध संगठित अपराध ऐनअनुसार ५ वर्ष कैद सजाय माग गरिएको छ।

थप तीनको संलग्नता
अनुसन्धानको क्रममा प्रहरीले थप तीन जनाको समेत संलग्नता खुलाएको छ। जसमा एक चिनियाँ र दुई नेपाली छन्। झोङ होङ ल्याङ नामक चिनियाँ नागरिक, रसुवाका हिस्से स्याङ्बा र ल्याक्पा ग्याल्जेन तामाङको समेत संलग्नता खुलेको प्रहरीले जनाएको छ।

ल्यापा ग्लाजेन तामाङ भने प्रहरी हिरासतमै छन्। झोङ र हिस्से फरार छन्। झोङ तस्करीका मुख्य नाइके चिनियाँ दम्पती चिनियाँ दम्पत्ती याङ वेन विङ र उनका पति पान विई मिङ ठमेलस्थित काठमाडौं वन होटल चलाउने व्यक्ति हुन्। उनीहरु होटलको आवरणमा सुन र डलर तस्करीमा संलग्न थिए।

हिस्से यसअघि नै सोही काण्डमा पक्राउ परेका मानबहादुर तामाङका भाइ हुन्। उनीहरू यातायात व्यवसायको आवरणमा सुन तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ।
उनीहरूसहित प्रहरीले फरार रहेका याङ वेन विङ र उनका पति पान विई मिङविरुद्ध पनि मुद्दा दायर गरेको छ।

कोको विरुद्ध चल्यो मुद्दा?
सुन तस्कर काण्डमा चिनियाँ नागरिक याङ वेन विङ र उनका पति पान विई मिङलाई प्रमुख प्रतिवादी बनाइएको छ। उनीहरु फरार छन्।

त्यस्तै रसुवा केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङलाई समेत प्रमुख प्रतिवादी बनाइएको छ। उनी रसुवाको क्षेत्र नम्बर १ का नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाका लागि समानुपातिक सिफारिसमा परेका थिए। उनी प्रहरी हिरासतमै छन्।

उनीसहित सुन पसलेहरूविरुद्ध मुद्दा चलाइएको हो। जसमा रबिश्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल, रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेश दत्त बडु, ओटुमा सुनचाँदीका गहना बनाउने नन्दकुमार मर्गले र दिनकर सालुखे, बांगेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्य रहेका छन्।

मुद्दा चलेका लाक्पा ग्लाल्जेन तामाङ गगन तामाङको हत्यामा संलग्न अभियुक्त हुन्।

चालकलाई मुद्दा चलेन
पक्राउ परेका चालकहरू भने प्रहरी अनुसन्धानमा निर्दोष देखिएका छन्। चिनियाँ नागरिकका चालक मनोज अधिकारी तथा रसुवागढी नाकामा गाडी चलाउने दाम्पा तामाङ र दिलीप खड्काको तस्करीमा मिलेमतो नभएको निष्कर्ष प्रहरीको छ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा उनीविरुद्ध मुद्दा नचलाउन सिफारिस गरिएको छ। क्षेत्रपाटीबाट ८८ केजी सुनसहित पक्राउ परेका चालक मनोज अधिकारीलाई गाडी होटलसम्म पुर्‍याउने जिम्मा दिइएको थियो। तर, उनले आफ्नो काम गाडी चलाउने भएको र गाडीभित्र सुन रहेको बारे केही जानकारी नभएको प्रहरीलाई बयान दिएका दिए।

त्यस्तै, दाम्पा र दिलीप रसुवागढी नाकामा गाडी चलाउने काम गर्दै आएका छन्। नाकापारि रसुवाका स्थानीय मात्र जान पाउने भएकाले उनीहरूले गाडी वारपार गराउने काम गर्दै आएका थिए। एकएक हजार रुपैयाँ लिएर उनीहरूले गाडी वारपार गराएका थिए।

दुई महिना थुनामा बसेपछि चालक ‘निर्दोष’
करिब दुई महिना थुनामा राखेपछि पक्राउ परेका चालकहरू प्रहरी अनुसन्धानमा निर्दोष देखिएका छन्। चिनियाँ नागरिकका चालक मनोज अधिकारी तथा रसुवागढी नाकामा गाडी चलाउने दाम्पा तामाङ र दिलीप खड्काको तस्करीमा मिलेमतो नभएको निचोड प्रहरीको छ। प्रहरीको अनुसन्धान प्रतिवेदनमा उनीविरुद्ध मुद्दा नचलाउन सिफारिस गरिएको छ।

उनीहरू करिब दुई महिनादेखि प्रहरी हिरासतमै छन्। ती चालकहरूलाई सशस्त्र प्रहरीकै कर्मचारीले चिनियाँ तस्करसँग चिनजान गराइदिएका थिए। त्यतिबेला ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई पनि काठमाडौं परिसरले सोधपुछका लागि नियन्त्रणमा लिएकामा उनीहरूको संलग्नता नदेखिएको भन्दै छाडिएको छ।

दुई महिना लामो अनुसन्धान
पक्राउ परेकाहरूलाई संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरेको हो। संगठित अपराध ऐनअनुसार ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाइन्छ। जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबारभित्रै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्दैछ।

अपराध महाशाखा र काठमाडौं परिसरले करिब दुई महिना लगाएर अनुसन्धान गर्ने क्रममा तस्करीमा संलग्न केही ठूला व्यक्तिलाई पनि पक्राउ गरेको थियो। तर चिनियाँहरू भने भाग्न सफल भएका थिए। चिनियाँ नागरिक याङ वेन विङ र उनका पति पान विई मिङ केरुङ नाका भएरै भागेका थिए।

नेताहरूसँग समेत उनीहरूको सम्बन्ध भएकाले उनीहरू सजिलै भागेको आशंका गरिएको छ। उनीहरूबारे रसुवा अध्यागमनमा समेत कुनै रेकर्ड राखिएको छैन।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...