यी हुन् वाम गठवन्धनमा देब्रे भएर उठेका वागीहरु,माधब नेपाल सम्मलाई तनाब



प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको लागि कम्युनिष्ट गठवन्धन बनाए पनि त्यससँग असन्तुष्ट रहेका नेता कार्यकर्ताहरुले अन्तर्मनको आवाज भन्दै उमेद्वारी दिएका छन्।

पार्टी निर्ण बिरुद्ध गएर उमेद्वारी दिदा धेरै ठाउँमा गठवन्धनलाई टाउको दुखाई भएको छ। कम्युनिष्ट गठवन्धनका नेताहरुले वागी उमेद्वारको सामना गर्नपरेपछि टाउको दुखाई भएको हो।

गठबन्धनमा रहेका एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नै बागीको सामना गर्नु परेको छ । काठमाडौं २ मा एमाले कार्यकर्ता तथा जिल्ला कमिटी सदस्य एलपी श्रेष्ठले नेपालविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । श्रेष्ठ स्थानियबीच प्रभाव राख्न सक्ने नेताको रुपमा चिनिन्छन्।

एक महिनाअघिमात्र एमाले प्रवेश गरेकी गायिका कोमल वलीले दाङ ३ मा आधिकारिक उम्मेदवार हिराचन्द्र केसीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उनले ल्याउने मत एमालेको हुन सक्ने अनुमान गरिएको छ।

कम्युनिष्ट गठबन्धन विरुद्ध सल्यानमा प्रतिनिधिसभा र प्रदेशसभाका तीनै सिटमा माओवादी नेताहरुले बागी उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभामा माओवादी नेता टेकवहादुर बस्नेतविरुद्ध पार्टी पोलिटव्यूरो सदस्य तथा पूर्वसभासद उमाकान्त शर्मा उठेका छन् ।

त्यस्तै प्रदेशसभातर्फ क मा एमालेका गुलाबजंग शाहविरुद्ध माओवादी जिल्ला संयोजक भीमप्रकाश शर्मा र ख मा एमालेका प्रकाश ज्वालाविरुद्ध जितवहादुर पुनले उम्मेदवारी दिएका छन् ।

सिन्धुलीमा माओवादी नेता हरिबोल गजुरेलविरुद्ध प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा रामकुमार पौडेलले बागी उम्मेदवारी दिएका छन् । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका गणेश पहाडीविरुद्ध उनकै पार्टीका कुमारबहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन् ।

सिन्धुली १ को क मा माओवादी उम्मेदवार लेखनाथ दाहालविरुद्ध माओवादीकै जिल्ला उपाध्यक्ष दिलवहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

बारामा कम्युनिष्ट गठबन्धनबाट क्षेत्र नम्बर ३ को क मा ज्वालाकुमारी साहविरुद्ध एमालेका भरत खड्का उम्मेदवार बनेका छन् । रुपन्देही ५ को क मा एमालेका भुमिश्वर ढकालविरुद्ध सोही पार्टीका मिनप्रसाद घिमिरेले बागी उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।