यी हुन् बाम गठबन्धनका उपत्यकाका १५ स्थानमा भिड्ने उम्मेदवार



हाम्रो इकोनोमि

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका १५ स्थानमध्ये नेकपा (एमाले) बाट १० र नेकपा (माओवादी केन्द्र) बाट पाँच स्थानमा आज मनोनयनपत्र दर्ता गराइँदै छ ।

काठमाडौँमा माओवादी केन्द्रले प्रतिनिधि सभाको क्षेत्र नं १, ६ र १०, भक्तपुरमा क्षेत्र नं १ र ललितपुरमा क्षेत्र नं ३ मा उम्मेदवारी दिएको छ भने अन्य बाँकी क्षेत्रमा एमालेका उम्मेदवार हुनेछन् ।

चुनावी तालमेल र चुनावपछि पार्टी एकताको घोषणा गरेका यी दुई दलका शीर्ष तहका नेता सम्मिलित कार्यदलले उक्त सहमति गरेको हो । एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र वैकल्पिक पोलिटब्यूरो सदस्य सानुकुमार श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापित विभिन्न क्षेत्रअन्तर्गत प्रदेशसभामा उम्मेदवार बन्नुभएको छ ।

काठमाडौँमा क्षेत्र नं १ मा अनिल शर्मा, २ मा माधवकुमार नेपाल, ३ मा कृष्ण राई, ४ मा डा राजन भट्टराई, ५ मा ईश्वर पोखरेल, ६ मा झक्कु सुवेदी, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ, ९ मा कृष्णगोपाल श्रेष्ठ र १० मा हितमान शाक्य उम्मेवार हुनुभएको छ ।

प्रतिनिधि सभामा भक्तपुर क्षेत्र नं १ मा मिलन सुवाल, २ मा महेश बस्नेत, ललितपुर क्षेत्र नं १ मा नवराज सिलवाल, २ मा कृष्णलाल महर्जन र ३ मा पम्फा भुसाल मैदानमा उत्रनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...