चितवन ३ मा प्रचण्ड र विक्रम पाण्डे बीच कडा टक्कर, यस्तो आयो रिपोर्ट कस्ले खाने भयो ठक्कर



हाम्रो इकोनोमि

चितवन क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दर्ता गराएका छन् । दुई पटकका प्रधानमन्त्री अनी जनयुद्धका योजनाकार ।

उनीसँग प्रतिस्पर्धामा छन्, राष्ट्रिय प्रजातन्त्र पार्टी नेता विक्रम पाण्डे । राप्रपाले निकै न्युन रुपमा चुनाव जितेका बेला चुनाव जित्ने पाण्डे चितवनको सो क्षेत्रका चर्चित समाजसेवी हुन् । समाज सेवाकै माध्यमबाट उनले सो क्षेत्रमा राप्रपाबाट पनि चुनाव जित्न सफल भएका व्यक्ति हुन् पाण्डे ।

दुबै चर्चित र हेभीवेट फिगर भएका कारण कसले चुनाव जित्ला यसै भन्न सकिने अवस्था नरहेको स्थानीयहरु बताउँछन् । प्रचण्ड जस्तै राष्ट्रकै नेतालाई पनि सो क्षेत्रबाट चुनाव जित्न असहज छ ।

प्रचण्ड माओवादी केन्द्रका तर्फबाट मात्रै भए त जित्ने अवस्था हुने नै थिएन तर वाम गठबन्धनको साझा उम्मेदवार भएकाले उनले हारिहाल्ने अवस्था भने नरहेको स्थानीय मतदाताको बुझाई छ । तर उनको प्रतिस्पर्धामा रहेका पाण्डे पनि एक्लै छैनन् । पाण्डे लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रहेकाले त्यस क्षेत्रको चुनावी प्रतिस्पर्धा पनि हेर्न लायक हुने अनुमान गरिएको छ ।

बिहीबार प्रचण्ड र विक्रम पाण्डे लगभग सँगसँगै उम्मेदवारी दर्ता गराउन जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
दुबै उम्मेदवार दलबलसहित उम्मेदवारी दर्ताका लागि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...