चितवन ३ मा प्रचण्ड र विक्रम पाण्डे बीच कडा टक्कर, यस्तो आयो रिपोर्ट कस्ले खाने भयो ठक्कर



हाम्रो इकोनोमि

चितवन क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दर्ता गराएका छन् । दुई पटकका प्रधानमन्त्री अनी जनयुद्धका योजनाकार ।

उनीसँग प्रतिस्पर्धामा छन्, राष्ट्रिय प्रजातन्त्र पार्टी नेता विक्रम पाण्डे । राप्रपाले निकै न्युन रुपमा चुनाव जितेका बेला चुनाव जित्ने पाण्डे चितवनको सो क्षेत्रका चर्चित समाजसेवी हुन् । समाज सेवाकै माध्यमबाट उनले सो क्षेत्रमा राप्रपाबाट पनि चुनाव जित्न सफल भएका व्यक्ति हुन् पाण्डे ।

दुबै चर्चित र हेभीवेट फिगर भएका कारण कसले चुनाव जित्ला यसै भन्न सकिने अवस्था नरहेको स्थानीयहरु बताउँछन् । प्रचण्ड जस्तै राष्ट्रकै नेतालाई पनि सो क्षेत्रबाट चुनाव जित्न असहज छ ।

प्रचण्ड माओवादी केन्द्रका तर्फबाट मात्रै भए त जित्ने अवस्था हुने नै थिएन तर वाम गठबन्धनको साझा उम्मेदवार भएकाले उनले हारिहाल्ने अवस्था भने नरहेको स्थानीय मतदाताको बुझाई छ । तर उनको प्रतिस्पर्धामा रहेका पाण्डे पनि एक्लै छैनन् । पाण्डे लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रहेकाले त्यस क्षेत्रको चुनावी प्रतिस्पर्धा पनि हेर्न लायक हुने अनुमान गरिएको छ ।

बिहीबार प्रचण्ड र विक्रम पाण्डे लगभग सँगसँगै उम्मेदवारी दर्ता गराउन जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
दुबै उम्मेदवार दलबलसहित उम्मेदवारी दर्ताका लागि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...