चितवन क्षेत्र नं. १ प्रदेश (क) मा दावा दोर्जे लामाको उम्मेदवारी



हाम्रो इकोनोमि

आगामी मंसिर २१ मा हुने प्रदेश सभा सभाको निर्वाचनका लागि चितवन क्षेत्र नं। १ (क) बाट दावादोर्जे लामाले उममेदवारी दिएका छन् । आज उनले प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दिएका हुन । उनी लामो समयदेखि त्यही क्षेत्रलाई कार्यक्षेत्र बनाई काम गरिरहेका व्यक्ति हुन ।

उनी त्यस क्षेत्रमा रही विकास निर्माणका साथै जनताका समस्यालाई निराकरण गर्नका लागि पनि रातदिन लागिरहेका व्यक्तिको रुपमा परिचित रहेका छन् । उनले विगत ३० वर्ष यता नेकपा एमाले पार्टीमा रही पार्टीको साधारण सदस्य सँगै पार्टीले दिएको विभिन्न जिम्मेवारीहरु कुशलताका साथ निर्वाह पनि गर्दै आईरहेका छन् ।

उनी स्थानीय जनताहरुले औधि रुचाईएको ब्यक्तिका रुपमा त्यस क्षेत्रमा परिचित रहेका छन् । लामालाई चितवन जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश क को क्षेत्रीय समन्वय कमिटीका साथै नेकपा एमाले चितवन जिल्ला कमिटीले प्रदेश नम्बर ३ को प्रदेश संगठन कमिटीका सदस्य,नेपाल लोकतान्त्रिक तामांग संघका केन्द्रिय अध्यक्ष समेत रहेका दवादोर्जे लामा प्रदेश सभा सदस्यका लागी नेकपा एमालेका तर्फ बाट उम्मेदवार शिफारिश गरिएको थियो ।

जन पक्षीय नेताका रुपमा चिनिएका चर्चित तथा लोकप्रिय नेतालाई उम्मेदवार भए पछी चितवन क्षेत्र नम्बर १ का जनता उत्साहित बनेका छन। प्रदेश सभाको उम्मेदार सिफारिश भएका लामाले आफुलाई उम्मेदार सिफारिश गर्ने कमिटीका सबै सदस्यलाई धन्यवाद ज्ञापनका साथै आफू निर्वाचित भएपछि आम जनता र समग्र क्षेत्रको विकासको लागि हरदम लागिरहने प्रतिकृया एिका छन।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...