आफैलाई भोट हाल्न नमिल्ने ठाउमा पुगेर एमाले अध्यक्ष ओलीले दर्ता गरे झापामा मनोनयन



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।

‘झापा– ५ बाट मेरो उम्मेदवारी दर्ता भएको छ। वाम गठबन्धनका सम्पूर्ण उम्मेदवारलाई विजयी गराउन अपिल गर्दछु’, उम्मेदवारी दर्तासँगै उनले आफ्नो ट्विटरमा लेखेका छन्।

झापाबाट उम्मेदवारी दर्ता गराएका ओलीले आफैलाई भने मत दिन पाउने छैनन्। किनभने उनको नाम झापाको मतदाता सूचीमा हैन, भक्तपुरको मतदाता सूचीमा छ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा उनको मतदान केन्द्र रहेको छ। प्रदेश नम्बर ३ को प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवारलाई मात्र उनले मतदान गर्न पाउने छन्। यो क्षेत्रबाट एमालेले महेश बस्नेतलाई उम्मेदवार बनाएको छ।

अर्थात् ओलीले प्रतिनिधि सभामा आफूलाई नभई महेश बस्नेतलाई भोट हाल्नेछन्। प्रदेश सभातर्फ भने उनले निर्वाचन क्षेत्र नं १ का उम्मेदवारलाई मतदान गर्ने छन्।

ओली २०४८, २०५१ र २०५६ गरी लगातार तीन वटा आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। उनले शरणामती-६ झापाबाट मतदान गरेका थिए।

पहिलो संविधान सभा निर्वाचन २०६४ मा उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए पनि दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नम्बर ७ बाट नै विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...