उम्मेदवारी दर्ता गर्दै नवराज सिलवालले भने, ‘राज्यले दिएन, अब जनतासंगै न्याय माग्छु’



हाम्रो इकोनोमि

प्रहरी महानिरीक्षक आफैलाई बनाउनु पर्ने भन्दै लामो अदालती संघर्ष गरे पनि असफल भएपछि राजीनामा दिएका पूर्व डिआइजी नवराज सिलवालले ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गरेका छन्।

एमालेबाट उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले भने, ‘राज्यबाट न्याय पाइनँ, अब जनतासँग न्याय माग्छु।’

उनले जनताले न्याय दिने र आफू जित्नेमा विश्वस्त रहेको बताए। ‘हिजो देशको शान्तिसुरक्षाका लागि लड्दा राज्यले अन्याय गर्‍यो, अब जनताले न्याय दिन्छन्’, उनले भने।

जनताको सेवा नै आफ्नो लक्ष्य रहेको बताउँदै जनताप्रति आफ्नो पूर्ण भरोसा रहेको जिकिर उनले गरे।

सिलवालको उम्मेदवारीको प्रस्तावक गोविन्द बजगाइँ रहेका छन्।

कांग्रेसबाट भने उदयशमशेर राणाले सोही निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...