उम्मेदवारी दर्ता गर्दै नवराज सिलवालले भने, ‘राज्यले दिएन, अब जनतासंगै न्याय माग्छु’



हाम्रो इकोनोमि

प्रहरी महानिरीक्षक आफैलाई बनाउनु पर्ने भन्दै लामो अदालती संघर्ष गरे पनि असफल भएपछि राजीनामा दिएका पूर्व डिआइजी नवराज सिलवालले ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गरेका छन्।

एमालेबाट उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले भने, ‘राज्यबाट न्याय पाइनँ, अब जनतासँग न्याय माग्छु।’

उनले जनताले न्याय दिने र आफू जित्नेमा विश्वस्त रहेको बताए। ‘हिजो देशको शान्तिसुरक्षाका लागि लड्दा राज्यले अन्याय गर्‍यो, अब जनताले न्याय दिन्छन्’, उनले भने।

जनताको सेवा नै आफ्नो लक्ष्य रहेको बताउँदै जनताप्रति आफ्नो पूर्ण भरोसा रहेको जिकिर उनले गरे।

सिलवालको उम्मेदवारीको प्रस्तावक गोविन्द बजगाइँ रहेका छन्।

कांग्रेसबाट भने उदयशमशेर राणाले सोही निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...