चुनाबको मुखैमा सेनाले बोलायो कमान्डरहरुको आकस्मिक बैठक,यस्तो छ गुप्त योजना



आगामी चुनावलाई लक्षित गरेर नेपाली सेनाले पृतनापतिहरुको विशेष बैठक बोलाएको छ।

बैठकमा सुरक्षा प्रबन्धको तयारी तथा पछिल्लो राजनीतिक वस्तुस्थितिबारे समीक्षा तथा छलफल हुने बताइएको छ। १७ कात्तिकमा बोलाइएको पृतनापति सम्मेलनमा पृतनालयका पृतनापति, मुख्यालयका विभागीय प्रमुख तथा निर्देशकहरुको सहभागिता रहने छ।

आठ पृतनालयका प्रमुखहरुले सम्बन्धित क्षेत्रको सुरक्षा अवस्था र चुनौतीबारे प्रस्तुत गर्नेछन् । चुनावमा हुनसक्ने संभावित सुरक्षा खतरालाई ध्यानमा राखेर रणनीतिक योजनाबारे समेत यो बैठकमा छलफल हुनेछ।

अहिले सातै प्रदेश र उपत्यकाका अलग्गै एक पृतनालयसमेत सेनामा आठवटा पृतनालयहरु छन् । आपतकालीन अवस्थामा बाहेक हरेक छ छ महिनामा बोलाइने पृतनापति सम्मेलन सेनाको नीतिगत तथा रणनीतिक छलफलका लागि महत्वपूर्ण मानिन्छ। नीति निर्माण तहमा रहेका सबैजसो जर्नेलहरुको सहभागिता रहने यो सम्मेलनले निकाल्ने निश्कर्ष र दिने निर्देशनका आधारमा सेनाको अप्रेशनल रणनीति तयार हुनेगर्छ।

सैनिक प्रवक्ता सहायकरथी नैनराज दाहालले चुनावलगायतका सुरक्षाका समसामयीक विषयमा छलफलका लागि बैठक बोलाइएको नेपाल तारासँग बताए । प्रवक्ता सहायकरथी दाहालले भने, ‘पृततापति बैठक नियमित कार्यक्रम नै हो । यसमा नियमित प्रस्तुतिसँगै समसामयिक विषयमा छलफल हुनेछ। उनले आगामी चुनावमा सरकारले तोकेअनुसार जिम्मेवारी निर्वाह गर्न सेना तयारी हालतमा रहेको बताए ।

स्रोतका अनुसार बैठकमा चुनावमा मत सर्वेक्षण र संभावित परिणामबारे पनि छलफल हुनेछ। सबै पृतनालयले आआफ्नो क्षेत्रको वस्तुस्थिति र संभावित परिणामबारे रिपोर्ट तयार गरिसकेका छन्। आगामी चुनावमा सेना परिचालन गर्नका लागि राष्ट्रपतिबाट स्वीकृति प्रदान भइसकेको छ। चुनावको सुरक्षा प्रवन्धअनुसार पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित हुने छ। मतदान केन्द्र र मतपेटिकाको विशेष सुरक्षाको जिम्मेवारी सेनाले लिनेछ।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।