साताको अन्तिम दिन पनि बढेरै बन्द भयो सेयर बजार, साँढे ७४ करोडको कारोबार



हाम्रो इकोनोमि

साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १.५५ अंकले बढेर १५३७.६७ अंकमा उक्लिएको छ।

दिनभरीमा १६४ कम्पनीका १३ लाख ५१ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल ७४ करोड ५९ लाख रुपैयाँका शेयर किनबेच भएका छन्। अघिल्लो दिनको तुलनामा करिब २५ प्रतिशत कम हो। बुधबार एक अर्ब माथिको कारोबार भएको थियो।

सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्स कम्पनीको चार करोड ५५ लाख रुपैयाँको शेयर खरिद बिक्रि भएको छ। उपसूचक मिस्रित देखिएका छन्। नौ समुहको कारोबारमा ६ समूह बढेका छन् भने तीन समूह घटेका छन्। बैंक ०.०१, होटल १.२, जलबिद्युत १.०७, बीमा ०.२५, अन्य ०.१ र लघुवित्त ०.३३ प्रतिशतले बढेका छन्। विकास बैंक ०.४३, फाइनान्स ०.५२, उत्पादनमूलक ०.३२ प्रतिशतले घटेका छन्।

सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीले करिब १० प्रतिशत कमाए। जानकी फाइनान्सका शेयरधनीले सबैभन्दा बढी करिब पाँच प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...