साताको अन्तिम दिन पनि बढेरै बन्द भयो सेयर बजार, साँढे ७४ करोडको कारोबार



हाम्रो इकोनोमि

साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १.५५ अंकले बढेर १५३७.६७ अंकमा उक्लिएको छ।

दिनभरीमा १६४ कम्पनीका १३ लाख ५१ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल ७४ करोड ५९ लाख रुपैयाँका शेयर किनबेच भएका छन्। अघिल्लो दिनको तुलनामा करिब २५ प्रतिशत कम हो। बुधबार एक अर्ब माथिको कारोबार भएको थियो।

सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्स कम्पनीको चार करोड ५५ लाख रुपैयाँको शेयर खरिद बिक्रि भएको छ। उपसूचक मिस्रित देखिएका छन्। नौ समुहको कारोबारमा ६ समूह बढेका छन् भने तीन समूह घटेका छन्। बैंक ०.०१, होटल १.२, जलबिद्युत १.०७, बीमा ०.२५, अन्य ०.१ र लघुवित्त ०.३३ प्रतिशतले बढेका छन्। विकास बैंक ०.४३, फाइनान्स ०.५२, उत्पादनमूलक ०.३२ प्रतिशतले घटेका छन्।

सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीले करिब १० प्रतिशत कमाए। जानकी फाइनान्सका शेयरधनीले सबैभन्दा बढी करिब पाँच प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...