सिँचाई कार्यालयका इन्जिनियर ५० हजार घुससहित पक्राउ



हाम्रो इकोनोमि

५० हजार रुपैयाँ घुस माग्ने सिञ्चाई विकास डिभिजन कार्यालय कास्कीका एक इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार रकमसहित पक्राउ गरेको छ।

अख्तियारको क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इन्जिनियर गोविन्द भुर्तेललाई पक्राउ गरेको हो। पोखराको बिरौटास्थित सिएम पर्फेक्ट जेभी कन्ट्रक्सनले रुपा गाउँपालिकाको सिद्धमा १ हजार ७ सय मिटर लामो टाकान्जा टार सिञ्चाई आयोजना डेढ करोड रुपैयाँको लागतमा बनाएको थियो। आयोजना गत असारमा निर्माण सम्पन्न भएर फरफारकसमेत भइसकेको थियो। त्यसपछि कन्ट्रक्सनले निर्माण कार्य अनुभवको पत्रका लागि कार्यालयमा निवेदन दिएकोमा भूर्तेलले रकम दिएमात्र बनाइदिने भन्दै बार्गे्निङ गर्दै आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...