कम्युनिष्ट नै बढ्ता लोकतान्त्रिक शक्ति हुन्ः भुसाल



हाम्रो इकोनोमि

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजाने लक्ष्यका साथ वामपन्थी शक्ति एकीकृत रुपमा निर्वाचन अभियानमा केन्द्रित भएको बताउनुभएको छ ।

स्थानीय खोकनामा आज वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गदै उहाँले वामपन्थी शक्ति एक जुट भएर चुनाव र पार्टी एकता प्रक्रियामा जाँदा विपक्षी आत्तिनुनपर्ने धारणा राख्नुभयो । “कम्युनिष्टको सरकार गठन भए नागरिक स्वतन्त्रता हनन हुन्छ भन्दै आफूलाई लोकतान्त्रिक बताउने नेपाली काँग्रेस नै रोइलो गर्र्दैैै हिँडेको छ । जनतालाई अधिकार दिन हामी तयार छौँं । प्राप्त भएको अधिकार कोही कसैले पनि खोस्न सक्दैन । काँग्रेसभन्दा कम्युनिस्ट नै बढ्ता लोकतान्त्रिक छन्” उहाँले भन्नुभयो ।

प्रतिनिधिसभाका लागि ललितपुर क्षेत्र नं ३ मा वाम गठन्धनका संयुक्त उम्मेदवार भुसालले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने, कलासंस्कृतिको संरक्षण गर्ने तथा नागरिकका दैनिक समस्या समाधान गर्ने ललिलतपुर वाम गठन्धनको मूलमन्त्र रहेको स्पष्ट गर्नुभयो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(एमाले)की नेत्री सुशीला नेपालले वाम गठबन्धनपछि मतदातामा नयाँ खालको उत्साह पैदा भएको जिकिर गर्नुभयो । ललितपुर क्षेत्र नं ३ (ख)मा प्रदेशसभा सदस्य उम्मेदवार जीवन खड्काले ललितपुरको विकास र समृद्धिको स्पष्ट खाका कोर्नका लागि वाम गठबन्धनको विजय आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...