बिपक्षीलाई गधा भन्दै कांग्रेसका उम्मेदवारले भने चुनाब नजिते नेपालमै बस्दिन,सबै सम्पति अनाथलाई दिन्छु



रुपन्देही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका युवा नेता प्रमोद यादवले आफूले चुनाव जित्ने दाबी गरेका छन् । आफ्ना एक प्रतिस्पर्धी राजपाका सर्वेन्द्रनाथ शुक्लाले पैसाको भरमा जनमत तान्न खोजेको आरोप लगाउँदै यादवले शुक्लाको गतिविधिप्रति नै आपत्ति जनाएका छन् ।

रुपन्देही क्षेत्र नम्बर ४ बाट कांग्रेका यादव, राजपाका शुक्ला र एमालेका ओमप्रकाश यादव प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
साक्षात्कार कार्यक्रममा बोल्दै यादवले विगतमा चुनाव जित्नेहरुले विकास निर्माणका काम नगरेको आरोप लगाउँदै यादवले विकास गर्नका लागि नै आफू चुनावमा उठेको बताए । आफ्नो क्षेत्रमा पर्ने मर्चवारमा विकासका कुनै पनि काम हुन नसकेको बताउँदै उनले मर्चवारको विकासका लागि नै आफूले उम्मेदवारी दिएको बताए ।

सर्वेन्द्रनाथ शुक्कालका कारण विकास हुन नसकेको भन्दै यादवले शुक्लाको प्रवृत्ति तानाशाही भएको आरोप लगाए । शुक्लाले विगतका कुनै पनि काम नगरेकाले अहिले जनता आफ्नो पक्षमा रहेको यादवले जिकिर गरे ।

चुनावका बेला शुक्लाका २,४ जना कार्यकर्ता पुल र सडक नाप्दै हिँड्ने तर काम केही नगर्ने यादवले बताए । चुनाव जितेपछि विकासका काम कहिल्यै नगर्ने प्रवृत्ति शुक्लाको रहकाले जनताले दुःख पाएको उनको भनाई छ ।

त्यस क्षेत्रमा कांग्रेसले विकासका केही प्रयास गरे पनि अरु दलले कुनै चासो नदिएको यादवको भनाई छ । शुक्लाले विगतमा २ पटक चुनाव जितेपनि यसपटक आफूले जित्ने दाबी यादवको छ । “ एग्रिमेन्ट लखेरे दिन्छु, १ सय २ प्रतिशत शुक्लाले चुनाव हार्नुहुन्छ । यसपटक शुक्लाले हार्नुभएन भने नेपाल छोड्दिन्छु । ” यादवले भने । “व्यापार विजनेश सबै अनाथ आश्रमलाई दिन्छु ।”

आफू मान सम्मान र जनताको लागि चुनाव लडेको बताउँदै यादवले चुनाव हारेको खण्डमा सबै त्याग गर्ने बताए । चुनाव जितेपछि मर्चवार क्षेत्रमा पाँच वर्षभित्र जनता सन्तुष्ट हुने गरी काम गर्ने र अर्को चुनावमा भोट माग्नै नपर्ने स्थिती सृजना गर्ने दाबी यादवको छ ।

मर्चवारको जनताका लागि शुक्लाले केही पनि काम नगरेको आरोप लगाउँदै यादवले शुक्ला विगतमा चुनाव जितेर मन्त्री भए पनि जनताको मनमा बस्न नसकेको भन्दै कटाक्ष गरे । “गधा पनि ठूलो हुन्छ, घोडा जस्तै देखिन्छ, तर घोडा हुन सक्दैन नि । त्यस्तै मर्चवारका जनताले उहाँलाई गधा सम्झेका छन् ।”

सर्वेन्द्रनाथ शुक्लाको पैसा, मासु र दारु खाएर पनि जनताले शुक्लालाई नै हराउने दाबी यादवको छ । राजपा–फोरमबिच गठबन्धन भए पनि शुक्लाको गलत प्रवृत्तिका कारण चुनाव हार्ने यादवको ठोकुवा छ । शुक्लाले जनतालाई नजिक बस्नसमेत नदिने र १० मिटरको दुरीबाट कुरा गर्ने गरेको आरोप यादवले लगाए ।आगामी दिनमा शुक्ला एमालेमा प्रवेश गर्ने दाबीसमेत यादवले गरे । रुपन्देहीका २ नम्बर क्षेत्रबाहेक सबै क्षेत्रमा लोकतन्त्रिक गठबन्धनले चुनाव जित्ने यादवले बताए ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा