बेनी बजार संरक्षणका लागि ११ करोडको आयोजना



हाम्रो इकोनोमि

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि रू. ११ करोडको लागतमा आयोजनाको काम शुरु भएको छ ।

जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउ कार्यक्रमअन्तर्गत जलउत्पन्न प्रकोप नियन्त्रण सब डिभिजन कार्यालय बागलुङले बेनी बजार संरक्षणका लागि आयोजना शुरु गरेको हो । चालू आव २०७४/७५ मा नदी कटान नियन्त्रणका लागि दुई ओटा प्याकेजमा काम गर्न रू. ११ करोड ३२ लाख लागतमा ठेक्का सम्झौता भएको सब डिभिजन प्रमुख इञ्जिनियर खगेन्द्र भट्टचनले जानकारी दिएका छन् ।

मङ्गलाघाटस्थित म्याग्दी नदीको बायाँ किनार, म्याग्दी र कालीगण्डकीको दोभान, तथा कालीपुलस्थित कालीगण्डकी नदीको दायाँ किनारमा ३ सय ५९ मिटर रिटेनिङ र आरसिसी पर्खाल निर्माण गर्न रू। ५ करोड २६ लाख पाँच हजारमा ठेक्का सम्झौता गरेको समानान्तर बिएन जेभीले कार्यक्षेत्रमा काम शुरु गरिसकेको छ । कालीगण्डकीको दायाँ र म्याग्दीको बायाँ किनारमा आरसिसी र मेसिनरी पर्खाल निर्माणको काम शुरु भएको छ । एक वर्षको ठेक्का अवधि भए पनि बर्षाअघि नै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको समानान्तर बिएन जेभीका प्रतिनिधि नारायण जिसीले बताए ।

आव २०७१/७२ देखि ७३/७४ को अवधिमा कालीपुलमा रहेको मोटरेबल पुलदेखि म्याग्दी उद्योग वाणिज्य सङ्घको भवनको पछाडिसम्म ३९३.५ मिटर आरसिसी पर्खाल निर्माण भइसकेको छ । नदी किनारमा निर्माण हुने आरसिसी पर्खाल ७.५ मिटर र मेसिनरी पर्खाल पाँच मिटर अग्लो हुनेछ ।

आव २०७६/७७ सम्ममा बेनी बजार संरक्षण आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । करीब एक हजार घर रहेको बेनी बजार नदी कटानका हिसाबले देशमै जोखिमयुक्त शहर मानिन्छ । नदी किनारमा पर्खाल लगाएपछि त्यसमाथि फिलिङ गरेर चक्रपथ सञ्चालन गर्ने योजना बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

गणेश नेपालीको उपचारका क्रममा निधन

  हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...