उच्च अदालतका ८० न्यायाधीश नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै



हाम्रो इकोनोमि

उच्च अदालतमा ८० न्यायाधीशको नियुक्तिविरुद्ध परेको मुद्दामा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

महान्यायाधीवक्ता कार्यालयका दुर्गाबन्धु पोखरेललगायतले १३ महिनाअघि भएको उक्त नियुक्तिविरुद्द मुद्दा हालेका थिए।

सो मुद्दामा आज सर्वोच्च अदालतका न्यायाधीशहरू ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले सुनुवाइ थाल्ने भएको हो।

मुद्दा दायरकर्ताले तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वको न्यायपरिषदले ८० न्यायाधीशको नियुक्ति गर्दा न्याय परिषद् ऐन २०४७ ले तोकेको कार्यविधि र न्यायपरिषदका सदस्यहरूलाई समेत छलेको आरोप लगाएका छन्।

संविधानमा ‘जिल्ला न्यायाधीश या वरिष्ठ अधिवक्ताका रूपमा कम्तीमा पाँच वर्ष काम गरेको या अधिवक्ताका रूपमा कम्तीमा १० वर्ष निरन्तर वकालत गरेको या कानुनी क्षेत्रमा अध्यापन–अन्वेषण गरेको या न्यायसेवाको राजपत्रांकित सेवामा कम्तीमा पाँच वर्ष काम गरेको व्यक्ति उच्च अदालतको मुख्य न्यायाधीश या न्यायाधीशमा नियुक्त हुन योग्य भएको मानिनेु उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
समाजवादी मोर्चाबाट विप्लव अलग

    नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग...

हयात होटलद्वारा सबै कर्मचारी बर्खास्त

  हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा...

असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो

  सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ। ...

मधेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

    मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध नेकपा (एमाले) बाहेकका ७४ जना सांसदले...