चुनावी माहोल संगै तातियो सेयर बजार, एकै दिन अर्ब बढीको कारोबार



हाम्रो इकोनोमि

प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सकिए पछि सेयर बजारका लगानीकर्तामा उत्साह देखिएको छ । साताको चौथो दिन बुधबार आज नेप्से परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

नेप्से सूचक १२.२६ अंकले बढेर १५३६.१२ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १६३ कम्पनीका २० लाख ४५ हजार ४ सय ८६ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ४ करोड ६६ लाख ६१ हजार १५ रुपियाँको कारोबार भएको छ ।

आज बुटवल पावर कम्पनीको सर्बाधिक ६ करोड ९९ लाख बराबरको कारोबार भएको छ । कारोबार धेरै गर्ने अन्य कम्पनीमा नेपाल टेलिकम, सानिमा मई हाइड्रो, चिलिमे हाइड्रो, एनसीसी बैंक लगायत रहेका छन् भने कारोबारमा आएका उत्पादन समूह बाहेकका सबै समुहगत सूचक बढेका छन् ।

आज नागबेली लघुवित्तका लगानीकर्ताले सबर्धिक ८.८८ प्रतिशत कमाएका छन् भने रिलायबल माइक्रोफाइनान्सका लगानीकर्ताले ८.८४ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा आरएसडिसी लघुवित्त, सिनर्जी पावर, सेन्ट्रल फाइनान्स लगायत रहेका छन् ।

तेस्तै हिमालय डिस्टिलरीको शेयर मूल्य १० प्रतिशतले घटेको छ । अन्य बढी गुमाउने कम्पनीमा पुर्णिमा विकास बैंक, कालिका माइक्रोक्रेडिट , कन्काई विकास बैंक, चिलिमे हाइड्रो लगायत रहेका छन् ।

बुधबार कारोबार रकम १ अर्ब नाघेको छ । बिगतमा शेयर बेचेर बाहिरिएका र बजार प्रवेशका लागि उचित समय पर्खेर बसेका लगानीकर्ताले शेयर उठाउन थालेकाले एकै दिन कारोबारको भोलुम अर्ब नाघेको विश्लेषण गरिएको छ। बजार सकारात्मक दिशा तर्फ जाने छनक देखेपछि लामो समयदेखि साइलेन्सु बसेका लगानीकर्ताले समेत शेयर उठाउन थालेका छन, त्यहि कारणले लामो समयपछि बजारमा अर्ब बढीको कारोबार भएको होु एक ब्रोकर अधिकारिले बिजपाटिलाई बताए।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...