बम र हतियारले फाइदा गर्दैन: नेता पुन



हाम्रो इकोनोमि

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले अब ध्वंस र हतियारले देशलाई फाइदा नगर्ने बताउनुभएको छ ।

प्रेस सेन्टर र प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वअर्थमन्त्री पुनले हिजो सँगै हतियार उठाएका मित्र९नेत्रविक्रम चन्द समूह०ले अहिले गलत समयमा फेरि हतियार उठाएको भन्दै गुनासो गर्नुभयो । “हिजो आवश्यकता थियो र हामीले सँगै हतियार उठायौंँ तर अहिले यही संविधानबाट समाजवाद साम्यवादसम्म पुग्न सकिने ठाउँ छ”, उहाँले भन्नुभयो ।

नेकपाको हतियार अराजकता र अपराधीकरणका लागि प्रयोग हुन थालेको भनी उहाँले चिन्ता व्यक्त गर्नुभयो । “नेकपाका गतिविधि आपराधिक र अराजनीतिक भइरहेका छन्,” पुनले भन्नुभयो, “हिजो जनयुद्धमा आमसभामा कतै बम विस्फोट भएको थिएन तर अहिले सभाबाट बम हान्न शुरु भएको छ । यो राजनीतिक काम भएन ।”

सरकारले बम पड्काएर मान्छे मार्दा पनि केही गर्न नसकेको भनी पुनले आक्रोश व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...