माइक्रोफाइनान्सको १ हजार ३ सय कित्ता सेयर आजदेखि लिलामीमा



हाम्रो इकोनोमि

किसान माइक्रोफाइनान्स बित्तीय संस्थाले १ हजार ३ सय ५१ कित्ता सेयर आजदेखि लिलामीमा राखेको छ।

दोश्रो बजारमा प्रति कित्ता २३०० रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको यो कम्पनीको सर्वसाधारण समूहतर्फको १३५१ कित्ता सेयर बोलकबोलबाट बिक्री खुल्ला गरिएको हो । इच्छुक लगानीकर्ताले मंसिर १९ गतेसम्म तोकिएको स्थानबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

किसान माइक्रोफाइनान्सले असोज ४ गतेदेखि कात्तिक ७ गतेसम्म हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा बिक्री नभएको(अबितरित) सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

इच्छुकले न्यूनतम १०० रुपैयाँ मूल्य राखी तथा न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।

यो कम्पनीको सेयर रजिष्टारमा सिभिल क्यापिटल मार्केट लिमीटेड रहेको छ । सिभिल क्यापिटल मार्केटको सुन्धारास्थित मुख्य कार्यालय, सिभिल बैंक लिमीटेडका विराटनगर, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज शाखा, किसान माइक्रोफाइनान्सका सबै शाखा कार्यालयहरुबाट बोलपत्र आवेदन फारम लिन र बुुझाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...