माइक्रोफाइनान्सको १ हजार ३ सय कित्ता सेयर आजदेखि लिलामीमा



हाम्रो इकोनोमि

किसान माइक्रोफाइनान्स बित्तीय संस्थाले १ हजार ३ सय ५१ कित्ता सेयर आजदेखि लिलामीमा राखेको छ।

दोश्रो बजारमा प्रति कित्ता २३०० रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको यो कम्पनीको सर्वसाधारण समूहतर्फको १३५१ कित्ता सेयर बोलकबोलबाट बिक्री खुल्ला गरिएको हो । इच्छुक लगानीकर्ताले मंसिर १९ गतेसम्म तोकिएको स्थानबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

किसान माइक्रोफाइनान्सले असोज ४ गतेदेखि कात्तिक ७ गतेसम्म हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा बिक्री नभएको(अबितरित) सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

इच्छुकले न्यूनतम १०० रुपैयाँ मूल्य राखी तथा न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।

यो कम्पनीको सेयर रजिष्टारमा सिभिल क्यापिटल मार्केट लिमीटेड रहेको छ । सिभिल क्यापिटल मार्केटको सुन्धारास्थित मुख्य कार्यालय, सिभिल बैंक लिमीटेडका विराटनगर, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज शाखा, किसान माइक्रोफाइनान्सका सबै शाखा कार्यालयहरुबाट बोलपत्र आवेदन फारम लिन र बुुझाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...