साँखुलाई अन्तर्राष्ट्रिय रुपमै चिनाउनुपर्छ – नेता नेपाल



हाम्रो इकोनोमि

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले ऐतिहासिक नगरीका रुप साँखुलाई प्रवद्र्धन गरी अन्तर्राष्ट्रिय स्तरमै परिचित गराउनुपर्ने बताउनुभएको छ ।

साँखुमा आज आयोजित चुनावीसभामा उहाँले पर्यटन क्षेत्रको रुपमा यो शहरलाई विकास गर्न लगानीमा वृद्धि गर्नुपर्ने बताउनुभयो ।

यहाँको इतिहास, सभ्यता र संस्कृतिको यथोचित संरक्षण हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो – “निर्वाचनपछि यहाँको विकासले गति लिन्छ । साँखुदेखि जहरसिंहपौवा, बलेफी हुँदै सिन्धुपाल्चोकसम्म सडक विस्तार गर्न सकेमा त्यहाँको स्थानीय उत्पादनले बजार पाउँछ र जनता जीवनस्तर माथि उठ्छ ।”

काठमाडौँ क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका नेता नेपालले मुलुकमा स्थिर सरकार बनाउन वाम गठबन्धनको बहुमत आवश्यक रहेको बताउनुभयो ।

लप्सीफेदी, चापाकोट, जहरसिंहपौवालगायतका स्थानमा नेता नेपालले आज घरदैलो गर्दै मतदातासँग मत माग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...