साँखुलाई अन्तर्राष्ट्रिय रुपमै चिनाउनुपर्छ – नेता नेपाल



हाम्रो इकोनोमि

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले ऐतिहासिक नगरीका रुप साँखुलाई प्रवद्र्धन गरी अन्तर्राष्ट्रिय स्तरमै परिचित गराउनुपर्ने बताउनुभएको छ ।

साँखुमा आज आयोजित चुनावीसभामा उहाँले पर्यटन क्षेत्रको रुपमा यो शहरलाई विकास गर्न लगानीमा वृद्धि गर्नुपर्ने बताउनुभयो ।

यहाँको इतिहास, सभ्यता र संस्कृतिको यथोचित संरक्षण हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो – “निर्वाचनपछि यहाँको विकासले गति लिन्छ । साँखुदेखि जहरसिंहपौवा, बलेफी हुँदै सिन्धुपाल्चोकसम्म सडक विस्तार गर्न सकेमा त्यहाँको स्थानीय उत्पादनले बजार पाउँछ र जनता जीवनस्तर माथि उठ्छ ।”

काठमाडौँ क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका नेता नेपालले मुलुकमा स्थिर सरकार बनाउन वाम गठबन्धनको बहुमत आवश्यक रहेको बताउनुभयो ।

लप्सीफेदी, चापाकोट, जहरसिंहपौवालगायतका स्थानमा नेता नेपालले आज घरदैलो गर्दै मतदातासँग मत माग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...