राजन भट्टराईको पक्षमा उर्लियो यसरी जनलहर,गगनको खुराफात देखेर मतदाताले यसरी खोज्न थाले डाक्टर भट्टराईलाई



तपाईँ एमाले हो?

एक युवतीले सोधिन्।

घरदैलो अभियानमा रहेका उम्मेदवारले भने, ‘हो म नै हो डाक्टर राजन भट्टराई।’

फेरि उनले भनिन्, ‘तपाईँको नाम सुनेको थिएँ। तर, तपाईँलाई चिनेका थिएनौं। तपाईँलाई शुभकामना।’

ती युवतीको भनाइपछि भट्टराई मुस्कुराए। धन्यबाद दिए पनि।

चुनावी प्रचारमा वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका भट्टराई भोटरलाई भेट्दै भनिरहेका थिए – ‘म राजन भट्टराई। भोट सूर्यमा।’

भेटिएकाहरु पनि ‘हुन्छ’ भन्ने भावमा टाउको हल्लाउँथे। र, उनी अघि बढ्दै जान्थे।

क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि वाम गठबन्धनका उम्मेदवार भट्टराईलाई कपन क्षेत्रका मानिसहरुले खासै नचिनेको प्रष्ट देखिन्थ्यो। उनले पनि आफूलाई चिनाउने सकभर प्रयास गरिरहेका थिए।

बिहान कार्यालय जाने समय भएकाले खासै मतदाताहरु भेटिएनन् उनको घरदैलोमा। तर, पनि भट्टराई धेरै मतदातासम्म पुग्ने दौडमा थिए। उनलाई सघाउने कार्यकर्तालाई मानिस भेटाउन हम्मेहम्मे परेको थियो।

कार्यकर्तासहित उनले चुनावी अभियानलाई तीब्रता दिनु यतिखेर बाध्यता पनि हो चाहे भोटरले चिनुन् या नचिनुन्। उनले यो अभियानमा भेटिएका मतदाताले गरेको गुनासा समेत सुने।

मतादाताले पनि उनलाई शुभकामनासहित आफ्ना गुनासा राखे। कपनका पवन कँडेलले ढल नै यस क्षेत्रको प्रमुख समस्या भएको सुनाए। ढल, खानेपानी र पक्की सडकको समाधान गर्न पहलका लागि उनको अनुरोध थियो। उम्मेदवार भट्टराईले भोट माग्दै समस्या समाधान गर्ने बताउँदै चित्त बुझाउने प्रयास गरे।

हामीसँगको कुराकानीमा उनले राजनीतिक स्थायित्वका लागि यो चुनाव महत्वपूर्ण रहेको प्रस्ट्याए भलै भोट माग्दा मतदाताका गुनासो समाधान गर्ने बताइरहेका थिए। आर्थिक विकासलाई गति दिने उद्देश्यले बहुमतको सरकार निर्माण गर्ने तयारीसहित वाम गठबन्धन चुनावी प्रतिस्पर्धामा होमिएको उनले बताए।

काठमाडौं क्षेत्र नम्बर ४ मा दुई बलिया युवा नेताबीच प्रतिस्पर्धा हुँदै छ। तर, यी दुवै एक अर्काको आलोचना भने गर्दैनन्। सञ्चारकर्मीको प्रश्नमा पनि दुवै नेता सजग भएर उतर दिन्छन्।

विद्यार्थी राजनीतिबाट नै चर्चामा रहेका गगन थापा र वाम गठबन्धनबाट राजन भट्टराई चुनावी प्रतिस्पर्धामा छन् काठमाडौं ४ मा।
उम्मेदवार भट्टराई पनि एमाले नेता माधव कुमार नेपालको सरकारमा परराष्ट्र मामिला सल्लाहकार हुन् भने दोस्रो संविधान सभाका समानुपातिक उम्मेदवार पनि।

वाम गठबन्धनसहित चुनावी प्रतिस्पर्धामा रहेका भट्टराई चुनावी परिणाम आफ्नो पक्षमा आउने बताउँछन्। उनले भने, ‘यसअघि कांग्रेसले धेरै पटक बहुमतको सरकार बनाइसकेको भए पनि उल्लेख्य विकास हुन सकेन। अब नेकपा एमाले र माओवादी गठबन्धनसहित चुनावी प्रतिस्पर्धामा रहेकाले वाम गठबन्धनको जित हुने छ।’

राजन प्रतिस्पर्धा व्यक्तिसँग भइरहेको मान्दैनन्। उनको विचारमा अहिले दुईटा विचार, दुईटा दृष्टिकोण र दुईटा नीति बोकेका राजनीतिक दलबीचको प्रतिस्पर्धा हो यो चुनाव।

कुटनीतिक शैलीमा जवाफ दिँदै उनले भने, ‘हिजो अवसर पाउँदा केही गर्न नसकेको दललाई रोज्ने कि केही अवसर पाउँदा काम गर्न खोजेको तर पूरा गर्न नपाउँदै चौतर्फी घेरा बन्दीमा परेको दललाई रोज्ने अहिलेको मुख्य कुरा हो।’
आजका समस्याहरुको समाधान गर्ने क्षमता कांग्रेससँग नभएको उनको दावी छ। भने, ‘आर्थिक समृद्धि, राष्ट्रियता सम्वर्द्धन र सुशासनका लागि वाम गठबन्धनलाई जिताउनु पर्छ। अब ५ वर्षसम्म वाम गठबन्धनको सरकार बने देशको विकास र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका लागि वाम गठबन्धनले नेतृत्वदायी भूमिका खेल्नेछ।’

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको