अधिनायकवाद विरुद्ध उभिन प्रधानमन्त्री देउवाको आह्वान



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने अधिकार जनताको हातमा रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस साविक मिर्लुङ वडा कार्यसमिति ९हाल भानु नगरपालिका–१२० द्वारा आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो – “लोकतन्त्रले मात्रै देशको रक्षा हुन्छ । त्यसकारण लोकतन्त्रका पक्षधर काँग्रेसलाई भोट दिएर जिताउनु होस् ।”

वाम गठबन्धनले अधिनायकवाद लाद्न खोजेको भन्दै प्रधानमन्त्री देउवाले त्यसविरुद्ध नेपाली जनता एक भएर लाग्न आह्वान गर्नुभयो ।

नेका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकास र लोकतन्त्र रक्षाका लागि काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।
साविक नेका मिर्लुङ गाविसका सभापति चिरञ्जीवी ढकालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा तनहुँ क्षेत्र नं १ प्रदेशसभाका उम्मेदवार गोविन्द भट्टराई, पूर्व सांसद रामचन्द्र पोख्रेल, समानुपातिक उम्मेदवार सरिता गुरुङ, लक्ष्मी आचार्यलगायतका वक्ताहरुले काँग्रेसको जितले मात्रै जनताको भलो हुने र विकास निमार्णले गति लिने बताउनुभएको थियो ।

प्रधानमन्त्री देउवा चुनावीसभामा कवितावाचन गर्दागर्दै हृदयाघात भई निधन हुनुभएका श्रीभक्त पण्डितको १३ दिनको श्रद्धाञ्जलिसभामा समेत सहभागी हुनु भई मृतकका आफन्तजनलाई सान्त्वना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...