अधिनायकवाद विरुद्ध उभिन प्रधानमन्त्री देउवाको आह्वान



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने अधिकार जनताको हातमा रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस साविक मिर्लुङ वडा कार्यसमिति ९हाल भानु नगरपालिका–१२० द्वारा आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो – “लोकतन्त्रले मात्रै देशको रक्षा हुन्छ । त्यसकारण लोकतन्त्रका पक्षधर काँग्रेसलाई भोट दिएर जिताउनु होस् ।”

वाम गठबन्धनले अधिनायकवाद लाद्न खोजेको भन्दै प्रधानमन्त्री देउवाले त्यसविरुद्ध नेपाली जनता एक भएर लाग्न आह्वान गर्नुभयो ।

नेका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकास र लोकतन्त्र रक्षाका लागि काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।
साविक नेका मिर्लुङ गाविसका सभापति चिरञ्जीवी ढकालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा तनहुँ क्षेत्र नं १ प्रदेशसभाका उम्मेदवार गोविन्द भट्टराई, पूर्व सांसद रामचन्द्र पोख्रेल, समानुपातिक उम्मेदवार सरिता गुरुङ, लक्ष्मी आचार्यलगायतका वक्ताहरुले काँग्रेसको जितले मात्रै जनताको भलो हुने र विकास निमार्णले गति लिने बताउनुभएको थियो ।

प्रधानमन्त्री देउवा चुनावीसभामा कवितावाचन गर्दागर्दै हृदयाघात भई निधन हुनुभएका श्रीभक्त पण्डितको १३ दिनको श्रद्धाञ्जलिसभामा समेत सहभागी हुनु भई मृतकका आफन्तजनलाई सान्त्वना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...