ओलीले चोर औलो देखाउदै भने- कांग्रेसका लागि बहुमत ‘बाँदरको हातमा नरिवल’,३८ ठूला उद्योग कौडीको भाउमा बेचेर खायो झोल



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका लागि बहुमत ‘बाँदरको हातमा नरिवल’ भएको आरोप लगाएका छन्।

ललितपुरको लगनखेलमा आज आयोजित वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले दुई पटक बहुमत ल्याएर पनि कांग्रेसले जनताका लागि सिन्कोसमेत नभाँचेको बताए।

‘२०४८ मा बहुमत ल्यायो, ३८ ठूला उद्योग कौडीको भाउमा बेचेर खायो,’ उनले थपे, ‘५६ सालमा फेरि बहुमत ल्यायो, दरबारमा लगेर प्रजातन्त्र बुझायो।’ जनताले बहुमत दिँदा पनि कांग्रेसले के गर्‍यो? भन्दै उनले प्रश्न गरे।

लोकतान्त्रिक गठबन्धनलाई ‘दक्षिणपन्थी’ संज्ञा दिँदै ओलीले त्यसभित्र समेटिएका पार्टीलाई हेर्न र बुझ्न आग्रह गरे। देशभक्त, लोकतान्त्रिक प्रगतिशील, राष्ट्रभक्त र राष्ट्रिय गठबन्धन नै वाम गठबन्धन भएको उनको दाबी थियो।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...