आफुलाई प्रहरी प्रमुख हुन नदिने देउवाको सरकारलाई नवराज सिलवालले भने-अब सत्ता छाड्ने तयारी थाले हुन्छ,सरकार कसरी चलाउनुपर्छ अब एमालेलाई हेर्नुस्



हाम्रो इकोनोमि

ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार नवराज सिलवालले सरकारमा बस्ने धेरै दिन धेरै नभएकाले सत्ता छाड्नका लागि तयार रहन कांग्रेसलाई आग्रह गरेका छन्।

वाम गठबन्धनले आज ललितपुरको लगनखेल बसपार्कमा आयोजना गरेको बृहत् चुनावीसभालाई सम्बोधन गर्दै सिलवालले कांग्रेस फगत लोकतन्त्रक गफ गर्ने पार्टी मात्र भएको बताए। सरकार सञ्चालन गर्न नजानेको आरोप लगाउँदै उनले भने, ‘सरकार कसरी चलाउनुपर्छ अब एमालेलाई हेर्नुस् र तपाईंहरु प्रतिपक्षमा बसेर सिक्नुस्।’

सामान्य नागरिक राज्यबाट उपेक्षामा परेको बताउँदै उनले आर्थिक समृद्धि र विकासको सपना साकार बनाउन वाम गठबन्धनलाई मतदान गर्न पनि उनले आग्रह गरे। केही समयअघि एमालेमा प्रवेश गरेका सिलवाल वाम गठबन्धनको तर्फबाट ललितपुर १ बाट चुनावी प्रतिस्पर्धामा छन्।

क्रान्ति बुलेट र ब्यालेटबाट सम्भव भएको बताउँदै सिलवालले थपे, ‘बुलेटको क्रान्ति सकियो अब ब्यालेट क्रान्तिबाट मात्रै परिवर्तन सम्भव छ।’

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...