आफुलाई प्रहरी प्रमुख हुन नदिने देउवाको सरकारलाई नवराज सिलवालले भने-अब सत्ता छाड्ने तयारी थाले हुन्छ,सरकार कसरी चलाउनुपर्छ अब एमालेलाई हेर्नुस्



हाम्रो इकोनोमि

ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार नवराज सिलवालले सरकारमा बस्ने धेरै दिन धेरै नभएकाले सत्ता छाड्नका लागि तयार रहन कांग्रेसलाई आग्रह गरेका छन्।

वाम गठबन्धनले आज ललितपुरको लगनखेल बसपार्कमा आयोजना गरेको बृहत् चुनावीसभालाई सम्बोधन गर्दै सिलवालले कांग्रेस फगत लोकतन्त्रक गफ गर्ने पार्टी मात्र भएको बताए। सरकार सञ्चालन गर्न नजानेको आरोप लगाउँदै उनले भने, ‘सरकार कसरी चलाउनुपर्छ अब एमालेलाई हेर्नुस् र तपाईंहरु प्रतिपक्षमा बसेर सिक्नुस्।’

सामान्य नागरिक राज्यबाट उपेक्षामा परेको बताउँदै उनले आर्थिक समृद्धि र विकासको सपना साकार बनाउन वाम गठबन्धनलाई मतदान गर्न पनि उनले आग्रह गरे। केही समयअघि एमालेमा प्रवेश गरेका सिलवाल वाम गठबन्धनको तर्फबाट ललितपुर १ बाट चुनावी प्रतिस्पर्धामा छन्।

क्रान्ति बुलेट र ब्यालेटबाट सम्भव भएको बताउँदै सिलवालले थपे, ‘बुलेटको क्रान्ति सकियो अब ब्यालेट क्रान्तिबाट मात्रै परिवर्तन सम्भव छ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...