मतदान केन्द्रको छनोट गोला प्रथाबाट



हाम्रो इकोनोमि

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिने मतदान केन्द्रको छनोट आज गोला प्रथाबाट गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारी, सहायक निर्वाचन अधिकृतद्वय गंगाप्रसाद पौडेल तथा जगन्नाथ पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीको रोहवरमा गोलाप्रथाबाट ३१७ मतदान अधिकृत र त्यतिनै सहायक मतदान अधिकृत खटिने मतदान केन्द्र छनोट गरिएको हो ।

विगतमा सिधै मतदान केन्द्र तोकिदा कसैलाई टाढा र कसैलाई नजिक हुने गरेको गुनासो आएकाले सबैलाई समान व्यवहार गर्न गोलाप्रथा गरिएको क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले बताउनुभयो ।

जिल्लाका कुल १५० मतदानस्थलमा हुने सो निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतबाहेक एक हजार ८९९ सहायक कर्मचारी, एक हजार २९९ स्वयंसेवकसमेत गरी तीन हजार ८३२ कर्मचारी सबै मतदान केन्द्रमा खटिने छन् ।

प्रतिनिधिसभाको तीन र प्रदेशसभाको छ निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई लाख ५५ हजार ४५२ मतदाता छन् । निर्वाचनमा विभिन्न १९ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

जिल्लाका कुल मतदानस्थलमध्ये ४९ अतिसंवेदनशील, ५० संवेदनशील र ५१ लाई सामान्य मतदानस्थलका रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...