बाबु छोराले संयुक्त रुपमा १५ बर्षीय बालिकाको बलात्कार गरे,पक्राउ परेका बलात्कारी छुटाउन कुन-कुन पार्टीका नेताले दिए यस्तो दबाब?



हाम्रो इकोनोमि

दुहबीमा १५ बर्षीय बालिकाको बलात्कार गर्ने बाबु छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
दुहबी १० चरैया शिव मन्दिर टोलमा रहेका बाबु दिलिप मन्डल र छोरा सुशील मन्डल पक्राउ गरीएको हो ।
बालिकालाई बलात्कार गरि बालिकाको हजुरआमाको घरमा लगिएको थियो । घटनाको भोलिपल्ट समुदाय तथा दुहबी वडा अध्यक्ष लधुराम चौधरी र वडा सदस्य अन्तुरम मण्डल मिलि बालिकालाई बलात्कारीको घरमा जिम्मा लगाइएको थियो ।
घटनाको विवरण ईलाका प्रहरी कार्यलय दुहबीलाई दिदा समेत प्रहरीले बलात्कारी र मिलापत्र गराउने वडा अध्यक्ष लघुराम चौधरी र वडा सदस्य अन्तुराम मण्डललाई केहि कारवाही नगरी सामुहिक बलात्कार जस्तो जघन्य अपराधलाई मिलाउने प्रयास गरिएको अधिकारकर्मीको आरोप छ ।
तर, जाहेरी दर्ता गरेता पनि डाक्टरको रिपोर्ट नआएका कारण अनुसन्धानमा ढिलाई हुन गएको ईलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ । अधिकारकर्मीको पहलमा बलात्कारीलाई पक्राउ गरेता पनि उनिहरुको रिहाइकालागी विभिन्न पार्टीबाट दबाब आएको प्रहरीले स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...