यसरी राखिएको छ मतपेटिका,कोठामा तीन ओटा ताल्चा, बाहिर काँडेतार,चौबिसै घण्टा प्रहरीको निगरानी



हाम्रो इकोनोमि

बन्दुक बोकेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले २४ सै घण्टा सुरक्षा दिनेगरी मंसिर २१ गतेसम्म गोरखाको मतपेटिका सुरक्षित राखिने भएको छ। मतपेटिका भण्डारण गरेको कोठामा तीन वटा ताल्चा लगाइएको छ भने बाहिर काँडे तारको बार लगाइएको छ।

स्थानीय प्रशासन, दलहरु र निर्वाचन अधिकृतको कार्यालयले एउटै ढोकामा छट्टाछुट्टै तीन वटा ताल्चा लगाएका छन्। एकआपसमा ताल्चालाई लाहाछाप लगाइएको छ भने ताल्चा खोल्ने साँचो पनि स्थानीय प्रशासन, दल र निर्वाचन अधिकृतको कार्यालयले सुरक्षित तवरले राखेका छन्। मतपेटिका राखिएको क्षेत्र वरपर निगरानी गर्ने गरी दलका प्रतिनिधि बसेका छन्।

मतपेटिका साटिनसक्ने भय र अनुमानका बीच कडा सुरक्षाका साथ मतपेटिका कोठाभित्र भण्डारण गरिएको छ। क्षेत्र नं. १ को मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत रहेको महिला तथा बालबालिका कार्यालयको एउटा कोठामा राखिएको भने क्षेत्र नं. २ का मतपेटिका जिल्ला समन्वय समितिको माथिल्लो सभा हलमा भण्डारण गरिएको छ।

मंसिर १० गते पहिलो चरणमा गोरखासहित देशका ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन सकिएको थियो। दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन भएपछि मात्रै पहिलो चरणमा निर्वाचन भएका मतदान केन्द्रहरुको पनि मतगणना सुरु गरिनेछ।

गोरखाका २८२ मतदान केन्द्रका ८४६ वटा मतपेटिका सुरक्षित भण्डारण गरिएको हो। २८ मतदान केन्द्रका ८४ वटा मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिएको थियो भने अरु मतपेटिका ट्रक, बसलगायत सवारीबाट ढुवानी गरी सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताए।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...