काँग्रेस उम्मेदवारको घरमा बम विष्फोटन



हाम्रो इकोनोमि

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ भाण्टाबारीस्थित नेपाली काँग्रेसका पूर्वसभापति तथा वर्तमान प्रदेशसभा सदस्यका उम्मेदवार हिमाल कार्कीको घरमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

आज बिहान ३ बजेतिर केही अज्ञात समूह आएर घरमा बम राख्न लागेको बेला आफ्नै बुबाले देखेपछि ती समूह बम फालेर भाग्दा विष्फोट भएको उम्मेदवार कार्कीले बताउनुभयो ।

बम विष्फोटनबाट कार्कीको गोठमा रहेको एक भैँसी र गाई घाइते भएपनि मानवीय क्षति भने भएको छैन । जिल्ला प्रहरी कार्यालयको टोली बिहानै घटनास्थलमा पुगेर अध्ययन गर्दा रेडबुलको बट्टालाई बम बनाएर पड्काएको पाइएको बताइएको छ ।

अहिले बम पड्काउने शंकास्पद व्यक्ति र लुक्ने क्षेत्रमा सम्भावित सम्बन्धित व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक नवराज भट्टले बताउनुभयो ।

निर्वाचन विरोधी गतिविधिमा उदयपुरमा सातजना पक्राउ

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधि गर्नेको खोजी गर्ने क्रममा प्रहरीले हालसम्ममा सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव समूहको कम्युनिष्ट पार्टीमा आबद्ध
जिल्ला सदस्य विष्णु कटुवाल, कमलामाया तामाङ, उद्यान प्रधान, श्याम भुजेल, बन्दना पौडेललगायतका छन् भने माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्ष हिमाल राई पनि पक्राउ परेको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...