बाम उम्मेदवारलाई लक्षित गरी बम प्रहार, देउवा सरकारका मन्त्रीका अंगरक्षकको हृदयघातबाट विराटनगरमा निधन



हाम्रो इकोनोमि

विनाविभागीय मन्त्री एवं वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार शिवकुमार मण्डलका अंगरक्षकको मंगलबार बिहान मृत्यु भएको छ ।
नेपाली सेनाका जमदार ४६ वर्षीय रामबहादुर बुढाको हृदयाघातका कारण निधन भएको चिकित्सकले बताएका छन् । पुर्खेउली घर दैलेख भएका बुढा बर्दबहादुर गण नागार्जुनमा कार्यरत थिए ।

मन्त्री मण्डलको विराटनगर १ पोखरियास्थित निवासमा सुतिरहेका वेला राति अचानक असहज मसुस गरेपछि उनलाई उपचारका लागि विराटनगर अस्पताल भर्ना गरिएको थियो ।

उपचारका लागि अस्पताल पुर्‍याउनासाथ बिहान रातको १ः४५ बजे बुढाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले शवलाई आफन्त र सेनाका अधिकारीको जिम्मा लगाउने तयारी भइरहेको बताए । मोरङ–६ का वाम गठबन्धनका उम्मेदवार

उता लालबाबु पण्डितलाई लक्षित गरेर मंगलवार बिहान सुतली बम विष्फोट भएको छ ।
प्रतिनिधिसभा उम्मेदवार पण्डित र प्रदेशसभा उम्मेदवार जीवन आचार्यलाई लक्षित गरि बुढीगंगा गाउँपालिका–५ र ६ को सीमानामा मंगलबार बिहान सुतली बम प्रहार भएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले पण्डित र आचार्यलाई लक्षित गरेर बम विस्फोट भएको पुष्टि गर्दै दुवै जना सकुसल रहेको जानकारी दिए ।
अहिले उक्त क्षेत्रलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...