अब आर्थिक क्रान्तिको खाँचो छ – नेता नेपाल



हाम्रो इकोनोमि

काठमाडौँ । नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक क्रान्तिको खाँचो रहेको बताउनुभएको छ ।

संयुक्त वाम गठबन्धनद्वारा शंखरापुर नगरपालिका–५ स्थित इँटाखेलमा आज आयोजित चुनावी कार्यक्रममा उहाँले नेपालमा लामो समयदेखि भइरहेको राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र भएको बताउँदै अब यसलाई संस्थागत गर्ने र जनताको आर्थिक पहुँचलाई विकास गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले देशमा भएका साधन र स्रोतलाई व्यवस्थित गर्ने र सही परिचालन गर्ने दृष्टिकोण वाम गठबन्धनसँग भएको बताउँदै आगामी निर्वाचनमा जनताले सोही गठबन्धनलाई बहुमत दिएमा पाँच वर्षभित्रमा नेपाललाई सम्पन्न राष्ट्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवारसमेत रहनुभएका नेता नेपालले पूर्वाधार निर्माण तथा विकासका योजना कार्यान्वयनमा स्थानीय, प्रदेश र केन्द्रको समन्वय हुनुपर्ने औँल्याउँदै स्थानीय तहमा वाम गठबन्धनको अग्रता कायम रहेकाले अब प्रदेश र प्रतिनिधिसभामा पनि वाम गठबन्धनलाई जनताले जिताउने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा ९माओवादी केन्द्र० का पोलटब्युरो सदस्य प्रकाश गौतमले देशलाई विकासोन्मुख राष्ट्रबाट विकसित मुलुकमा पु¥याउन आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिँदै औद्योगिक क्रान्तिका माध्यमबाट देशलाई समृद्ध राष्ट्र निर्माण गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...